
काठमांडौ । बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) चांडै बजारमा आउने भएको छ ।

लेखकले पहिलो पुस्तक सफलता सम्भव छ पछि दोश्रो पुस्तक ल्याउने तयारी गरेका हुन् । लेखकले यस पुस्तकमा नेतृत्वका बिभिन्न बिषयहरुमा लेखिएका लेखहरु समावेश गरि पाठकहरुले उत्प्रेरणा जगाउने प्रयास गरेका छन् ।
शिखा बुक्स प्रा. लि.को प्रकाशनमा आउन लागेको पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) मा बिभिन्न बिधाका ४८ वटा लेखहरु समावेश गरिएका छन् ।
जसले गर्दा पाठकहरुले आफूलाई समय अनुकूलतामा कुनै एउटा वा दुईवटा लेखहरु पढ्दै पुस्तक पढेर सक्न सकिनेछ भने यि लेखहरुको सान्दर्भिकता जहिल्यै पनि रहने र उत्प्रेरणाको खांचो जुनसुकै उमेरको ब्यक्तिहरुलाई रहने भएकोले पनि यो सबैको लागि उपयुक्त हुने र सबै उमेर समूहको लागि यसले एउटा उत्प्रेरणाको श्रोतको रुपमा भूमिका खेल्न सक्ने लेखक डा. मल्लको बिश्वास रहेको छ ।





