104Shares

काठमाडौं । ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ नामक पुस्तक बुधबार राजधानीमा लोकार्पण गरिएको छ। कामना न्यूज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

पत्रकार तथा लेखक रोहिणीप्रसाद घिमिरेद्वारा लिखित यस पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक श्रेष्ठले कालिन्चोकजस्तो चर्चित गन्तव्यस्थलबारे पुस्तक प्रकाशित हुनु खुशीको विषय भएको बताए । साथै, अन्य गन्तव्यबारे पनि यस्तै पुस्तक लेख्न सुझाव दिनुभयो। सम्पादक पण्डितले भने पुस्तकले पाठकलाई कालिन्चोक भ्रमणमा उपयोगी हुने धारणा राखेका थिए।

हाल दोलखाको कालिन्चोक देश–विदेशका पर्यटकको प्रमुख रोजाइ बनेको छ। सरकारले समेत यसलाई सय उत्कृष्ट गन्तव्यमध्ये एक घोषणा गरेको छ। लेखक घिमिरेका अनुसार प्राचीन ग्रन्थ, पुस्तक, पत्रपत्रिका र अग्रजहरूसँगको अध्ययन–अभ्यासपछि पुस्तक तयार भएको हो। तर, सरोकारवाला निकायले चासो नदिएकोमा उनले खेद व्यक्त गरेका थिए।

पुस्तकमा कालिन्चोक पर्वत, कुरी बजारलाई स्वीट्जरल्यान्डसँग तुलना, तरबारसम्बन्धी रहस्य, हिउँमा देखिएका अद्भुत घटना, खप्तड बाबा र अन्य योगीहरुको साधनास्थलसम्बन्धी विवरणसमेत समेटिएको छ।

यो पुस्तक १० उपशीर्षकसहित २६ शीर्षकमा लेखिएको छ। लेखक घिमिरेले पुस्तकले कालिन्चोकबारे आवश्यक आधारभूत जानकारी दिने विश्वास व्यक्त गरेका थिए ।

104Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected