
काठमाडौं । पोखराभ्यूज डट कम लायन्सको अवार्ड सेरोमनीमा सम्मानित भएको छ । लायन्स अन्तराष्टिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन वर्ष २०२४\०२५ को अवार्ड वितरण समारोहमा ए एण्ड ए मिडिया प्रा लिद्धारा सञ्चालित पोखराभ्यूज डट कमलाई सम्मान गरिएको हो ।
शुक्रवार काठमाडौं गौशलास्थित होटल पौंवामा आयोजित समारोहमा लायन वर्ष २०२४\०२५का डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले आफ्नो गर्भनर कालमा डिष्ट्रिक्टलाई सफल बनाउन विशिष्ट योगदान पुन्याउने संघ संस्थालाई सम्मान गर्ने क्रममा मिडियाको क्षेत्रबाट उत्कृष्ठ योगदान पुर्याएको भन्दैं पोखराभ्यूज डट कमलाई सम्मान गरेका हुन् ।
अवार्ड वितरण समारोहका प्रमुख अतिथि बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, विशिष्ट अतिथि एलसिआईएफ एरिया लिडर एवं आईडि ईन्डोर्सी राजन लम्साल, डिष्ट्रिक्ट गर्भनर बिनोद ढुंगानाले संयुक्त रुपमा पोखराभ्यूज डट कमलाई सम्मान गरेका हुन् भने उक्त सम्मान डट कमका कार्यकारी सम्पादक एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन वर्ष २०२४\०२५ मिडिया एण्ड पब्लिकेशन डिष्ट्रिक्ट चिफ टंकराज अधिकारीले ग्रहण गरेका थिए । उनी लायन वर्ष २०२४\०२५मा डिष्ट्रिक्टले प्रत्येक महिना प्रकाशन गर्दै आईरहेको डिष्ट्रिक्ट ई–न्यूज लेटरका सम्पादक समेत रहेका थिए ।
डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड सेरोमनीमा अवार्ड प्रदान गरिएको बताए ।











