
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको रिजन २४ का क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ । सोमवार रोजमेरी किचन लेकसाइड पोखरामा सम्पन्न पदस्थापन समारोहमा रिजन २४ अन्तर्गतका ६ वटा क्लबका अध्यक्षलगाएत क्लब सदस्यहरूको उपस्थिति रहेको थियो ।
जस अन्तर्गत लायन्स क्लब अफ पोखरा फरक अभियान, न्यू भिजन, पोखरा यूथ, पिस प्याराडाईज, इन्फ़रमेसन टेक्नोलोजी, सुपर भिजन रहेका थिए ।
पदस्थापन समारोहमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेले ६वटा क्लबहरूका नवनिर्वाचित पदाधिकारी पदस्थापन गराएकी छन् भने डिष्ट्रिक्टका द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउदै लायन्स सदस्यताको सपथ गराएका थिए।
समारोहमा लायन वर्ष २०२४/२५ का लायन्स क्लब अफ पोखरा फरक अभियान आदर्श मोहन भट्टराई, न्यू भिजनका लक्ष्मण सुनार, पोखरा यूथ सुवर्ण राज पन्त, पीस प्याराडाईज बिष्णु प्रसाद तिमिल्सिना, इन्फ़रमेसन टेक्नोलोजी दिनेश महर्जन, सुपर भिजनका बिशाल खड़काथोकी आ–आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र २०२५/२६ का पदस्थापित अध्यक्षहरू क्रमशः बिजय खनाल, राजु सुनार, सुवर्ण राज पन्त, गोविन्द के सी, रावत तामाङ, लोकेन्द्र गहतराजले भावीकार्यक्रम प्रस्तुत गरेका थिए ।
संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै पदस्थापन समारोहका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर पाण्डेले क्लबले गरेका उत्कृष्ट कार्यले नै लायन्स अन्तर्राष्ट्रियमा नम्बर एक हुन सफल भएकाको बताउदै डिष्ट्रिक्टले हालसम्म प्राप्त गरेका उपलब्धि एकल प्रयासबाट नभई डिष्ट्रिक्टका तमाम लायन्सबाट सम्भव भएको बताएकी थिईन् ।
गभर्नर पाण्डेले डिष्ट्रिक्टले अगाडी सारेका मुख्य मुख्य कार्यक्रमसहित शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका कार्य लाग्न क्लब पदाधिकारीलाई आव्हान समेत गरेकी थिईन् ।
दुई चरणमा सम्पन्न कार्यक्रमको अध्यक्षता लायन्स क्लब पोखरा पिस पाराडाईजका २४/२५ का अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना र पोखरा युथका २५/२६ का अध्यक्ष बिजय खनालको अध्यक्षतामा सम्पन्न संयुक्त पदस्थापन कार्यक्रमको संचालन पिस पाराडाईजका गतबर्षका सचिव सुरेन्द्र बिश्वकर्मा र पोखरा युथका यस बर्षका सचिव नरेश पौडेलले गरेका थिए ।
समारोहमा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना र पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, डिष्ट्रिक्ट चिफ़ सुरेश न्यौपाने, रिजन २४ का रिजन चेयरपर्सन हरिहर पराजुली लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।










