
पोखरा। मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले डिष्ट्रिक्ट बाईफर्गेशन पछि डिष्ट्रिक्ट आई मा नेपालमा पर्ने तपाईहरु भाग्यमानी रहेको बताएकी छन् । डिष्ट्रिक्ट ३२५आई नेपाल अन्तर्गतका क्लब लायन्स क्लब अफ पोखरा फर्निसिङ र पोखरा महाशिलाको संयुक्त पदस्थापन समारोह साथै पोखरा फर्निसिङको चौथो स्थापना समारोहलाई सम्बोधन गर्दै काउन्सिल चेयरपर्सन थापाले उक्त कुरा बताएकी हुन् ।
समारोहको प्रमुख अतिथिसमेत रहेकी थापाले डिष्ट्रिक्ट बाईफर्गेशन पछि बनेका १५ वटा डिष्ट्रिक्ट मध्ये आई स्थापना समयदेखि नै मल्टिपल डिष्ट्रिक्टमा मात्र नभई लायन्स अन्र्तराष्ट्रियमासमेत मेम्बरशिप ग्रोथ, सर्भिसलगाएतमा उत्कृष्ट हुदै आएको बताईन् । डिष्ट्रिक्ट आई नेपालले लायन्स अन्र्तराष्ट्रिय डाईरेक्टरसमेत पाउँदै छ यस कारण पनि डिष्ट्रिक्ट ३२५ आई मा पर्ने तपाईहरु भाग्यमानी हुनुहुन्छ भन्ने भनाई उनको थियो ।

समारोहमा मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापालाई डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेले सम्मान गरेकी थिईन् ।
मंगलवार केसी बेन्कुईट माटेपानी पोखरामा सम्पन्न पदस्थापन समारोहमा लायन्स क्लब अफ पोखरा फर्निसिङ र पोखरा महाशिलाका नवनिर्वाचित पदाधिकारीलाई डिष्ट्रिक्ट ३२५आई नेपालका डिष्ट्रिक्ट गर्भनर एवं पदस्थापन अधिकृत पार्वती खरेल पाण्डेले पदस्थापन गराएकी थिईन् ।
समारोहमा लायन वर्ष २०२४\२५ का लायन्स क्लब अफ पोखरा फर्निसिङ र पोखरा महाशिलाका अध्यक्षद्धय गोविन्द शर्मा र बिष्णु अधिकारीले आ–आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र २०२५\२६ का पदस्थापित अध्यक्षहरू क्रमशः होमबहादुर अधिकारी र सागर थापाले भावीकार्यक्रम प्रस्तुत गरेका थिए ।

संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै पदस्थापन अधिकृत डिष्ट्रिक्ट गभर्नर पाण्डेले क्लबले गरेका उत्कृष्ट कार्यले नै लायन्स अन्तर्राष्ट्रियमा नम्बर एक हुन सफल भएकाको बताउदै डिष्ट्रिक्टले हालसम्म प्राप्त गरेका उपलब्धि एकल प्रयासबाट नभई डिष्ट्रिक्टका तमाम लायन्सबाट सम्भव भएको बताएकी थिईन् ।
दुई चरणमा सम्पन्न कार्यक्रमको अध्यक्षता लायन्स क्लब पोखरा फर्निसिङका २४\२५ र २५\२६ का अध्यक्षद्धय गोविन्द शर्मा र होम बहादुर अधिकारीकोे अध्यक्षतामा सम्पन्न संयुक्त पदस्थापन कार्यक्रमको संचालन केदार त्रिपाठीले गरेका थिए ।
समारोहमा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना र पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी, डिष्ट्रिक्ट चिफ रहमोहन सुवेदीे, रिजन चेयरपर्सन मदन केसी, देवेन्द्र केसी लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।











