
लेखनाथ, कास्की। डिष्ट्रिक्ट ३२५आई नेपालको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथको पदस्थापन समारोह सम्पन्न भएको छ । विहिवार नमस्ते पाटी प्यालेस लेखनाथमा सम्पन्न पदस्थापन समारोहमा क्लब अध्यक्ष, पदाधिकारी र सदस्यको उपस्थििति रहेको थियो ।
पदस्थापन समारोहमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेले क्लबका नवनिर्वाचित पदाधिकारी पदस्थापन गराएकी छन् भने डिष्ट्रिक्टका प्रथम भााईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसीले क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउदै लायन्स सदस्यताको सपथ गराएका थिए ।
समारोहमा लायन वर्ष २०२४\२५ का अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र आज मात्र पदस्थापित २०२५\२६ अध्यक्ष बोधराज लामिछानेले हालसम्म क्लबले सम्पादन गरेका कार्य र भावीकार्यक्रम प्रस्तुत गरेका थिए ।








