30Shares
पोखरा – १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई विदाई गरेको छ। मंगलबार विद्यालयले एक कार्यक्रमकाबीच लामो समय अध्यापन गराएका दुवै शिक्षकलाई सम्मान सहित विदाई गरेको हो ।
अध्यापन कार्यमा करिव ३८ वर्ष बिताएका बानियाँ र भट्टराईले अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियो। कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले शिक्षक द्वयलाई सम्मान पत्र सहित माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । त्यस अवसरमा वडाध्यक्ष तिमिल्सिनाले समाजलाई सुसंस्कृत र सभ्य बनाउन गुरूहरुले निर्वाह गर्नुभएको भुमिकाको चर्चा गर्नुभयो। उहाँले यस क्षेत्र शिक्षाको उद्गम थलो भएको बताउँदै, अवकाश पछिको जीवन पनि शिक्षा क्षेत्रमा लगाउन आग्रह गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उहाँहरुको योगदान अतुलनीय रहेको स्मरण गर्दै, शैक्षिक विकासमा उहाँहरुबाट विद्यालयले सदैव सहयोग पाउने अपेक्षा राख्नुभयो।शिक्षक बानियाँले विद्यालयले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि वाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने वताउनु भयो । उहाँले उत्कृष्ट विद्यालयमा सहायक प्रअको रूपमा रहि सेवा गर्न पाउँदा आफुलाई गर्व लागेको स्मरण गर्नुभयो । शिक्षक भट्टराईले आफ्नो तर्फबाट विद्यालयलाई सदैव सहयोग रहने बताउँदै, आधारभुत तहमा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभयो।कोषबाट प्राप्त ब्याजले उत्कृष्ट एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताईएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले आफ्ना प्रिय गुरुलाई पञ्चेबाजा बजाएर फुल, अविर सहित सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र संचालन शिक्षक एवं परीक्षा संयोजक महेन्द्रमणि पौडेलले गर्नुभएको थियो।
वि.सं.२०४५ साल पौषबाट राधा मा. वि. जामुने भन्ज्याङ,तनहुँबाट मा.वि.विज्ञान शिक्षकको रूपमा सेवा प्रवेश गर्नुभएका बानियाँले २०४६ माघबाट शान्ति प्रस्तावित मा.वि.,जुम्लेटीमा संस्थापक मा.वि.गणित /विज्ञान शिक्षक भै सेवा निरन्तरता हुँदै २०६२ बाट २०६६ सम्म प्र.अ. रहनुभयो । २०७४ माघमा विन्ध्यवासिनी मा.वि .बाटुलेचौरमा सरूवा भई अहिले अनिवार्य अवकाश लिनु भएको हो । बानियाँ र भट्टराई दुवै जना अध्यापन सँगै सामाजिक तथा साहित्यिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ।
30Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected