टेवानको ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सम्पन्न,खुला तीज गीत प्रतियोगितामा कमल जैसी आमा समूह प्रथम

पोखरा । पोखरा–६, लेकसाइडस्थित वाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा सम्पन्न महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनसँगै महिला सशक्तिकरणमा महत्वपूर्ण सन्देश दिएको टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डले बताईन् ।
पाण्डेका अनुसार महोत्सवमा तीज गीत प्रतियोगितासँगै रस्साकसी, घैंटो फुटाउने, सेलरोटी पोल्ने, साडी दौड जस्ता रमाइला खेलकुदका साथसाथैै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद) सम्पन्न भएका छन् ।

महोत्सवको मुख्य आकर्षण खुला तीज गीत प्रतियोगिता रह्यो । प्रतियोगितामा सहभागी २७ टिम मध्ये कमल जैसी आमा समूहले प्रथम स्थान हासिल गरीे ३५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय हुने धारापानी आमा समूहले २५ हजार, तेस्रो स्थान प्राप्त गर्ने खहरे आमा समूहले २० हजार नगदसहित प्रमाणपत्र पाएका थिए भने, प्रतियोगितामा बिभिन्न १० वटा समूहलाई नगद ४\४ हजारका दरले सान्तवना पुरस्कार प्रदान गरिएको टेवानका महासचिव शोभा अधिकारी पौडेलले जानकारी दिईन् ।
प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनसँग जोडेर तीज गीत प्रस्तुत गरका थिए । पोखराको फेवा ताल संरक्षण, पर्यटकीयस्थलको प्रवद्र्धन, पर्यटनमा महिला सहभागिता, महिला सशक्तीकरण लगायत विषय प्रतियोगी समूहले गीतमार्फत उठान गरेका महासचिव पौडेलले जनाईन् ।


महोत्सवमा पर्यटन नीतिमा स्थानिय तहको भूमिका, महिला उद्यमशिलता र महिला सशक्तीकरण विषयक कार्यक्रममा सहजकर्ता पत्रकार प्रकाश ढकालले गाउँपालिका महासंघ नेपालका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकामा अध्यक्ष लक्ष्मी पाण्डेसँग संवाद गरेका थिए । साथैै पर्वतारोहण, पत्रकारिता र समाज परिवर्तनमा नारीहरु बिषयमा विश्व किर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनसँग पत्रकार प्रतिक्षा काफ्लेले सहजीकरण गरेकी थिईन् ।
महोत्वमा सेलराटी पकाउने, रस्साकस्सी, साडी डौड, घैटो फुटाउने लगाएतका बिभिन्न प्रतियोगितात्मक र मनोरञ्जनात्मक खेल खेलाईएको प्रतियोगिताका संयोजक शान्ता सुवेदी तिमिल्सिनाले जानकारी गराइन् । जस मध्ये सेलरोटी पकाउने प्रतियोगितामा ६ समूहले भाग लिएकोमा कुमारी आमा समूह प्रथम, सञ्जिवनी आमा समूह द्धित्तिय र दिदीबहिनी समूह तृत्तिय स्थान प्राप्त गरेका थिए ।


त्यस्तै, २५–३५ र ३५ भन्दा माथी दुई उमेर समुहमा खेलाईएको साडी डौड प्रतियोगितामा २५–३५ समुहबाट आरती खत्री, सावित्री अधिकारी पहिलो र दोस्रो साथै उर्मिला र सम्झना अधिकारी तृत्तिय भएका थिए भने ३५ भन्दा माथीको समुहमा निलम प्रधान, टिकादेवी न्यौपाने, शान्ती पहारी प्रथम, द्धित्तिय र तृत्तिय हुन सफल भएका थिए । उनिहरुलाई पुरस्कार स्वरुप नगद रु २ हजार, १ हजार ५ सय र १ हजार प्रदान गरिएको तिमिल्सिनाले बताईन् ।


महोत्सवमा खेलाईएको अर्को प्रतियोगिता रस्साकस्सीमा टुनार दिदीबहिनी आमा समुह प्रथम र महिला क्लब पोखरा ७ द्धित्तिय भई नगद ७ हजार र ५ हजार रुपैया प्राप्त गरे । स्वदेशी र बिदेशी गरी खेल खेलाईएको घैटो फुटाउनेमा प्रथम हुने बिदेशीलाई पुरस्कार स्वरुप बन्जी जम र नेपालीलाई पाराग्लाईडिङको टिकट प्रदान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले महोत्सवलाई “महिला सशक्तिकरणको उत्कृष्ट आवाज” भन्दै यसले महिलाको अधिकार र सामाजिक भूमिकालाई सशक्त बनाउन योगदान गरेको बताउदै कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिँदै महिला अधिकार र क्षमता अभिवृद्धिमा यसले सशक्त सन्देश दिएको बताइन् ।
टेवानका निवर्तमान अध्यक्ष तथा महोत्सवका परिकल्पनाकार कमला गिरीले यस्ता महोत्सवले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै पोखरालाई कला–संस्कृति र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न निरन्तर प्रयास गरिने बताइन् । उनले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउदै सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्ने बिश्वास ब्यक्त गरिन् ।
महोत्सवको पहिलो दिन महिलाहरूले प्रस्तुत गरेका सांस्कृतिक झाँकी, नृत्य तथा तीज गीतले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको उपाध्यक्ष अनिता खड्का भट्टराईले बताईन् । ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पु¥याऔं’ भन्ने नारासहित महोत्सव आयोजना गरिएको उल्लेख गर्दै यसले तीज पर्वको मौलिक गीतलाई खुला चौरमा पुनर्जीवित गरेको कुरामा जोड दिईन् ।
महोत्सवको मुख्य प्रवद्र्धक पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका थिए भने गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद्ले सहयोग गरेका थिए ।














