२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

लेखनाथ उबासंघको अध्यक्ष पदमा राजेन्द्र र जानुकाको उमेदवारी दर्ता 

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिबेशनका लागि अध्यक्ष पदमा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारीले उमेदवारी दर्ता गराएका छन्। संघको भदौ २० र २१ गते हुने २९ औं साधारण सभा एवम् १५ औं अधिबेशनका लागि ओझा र अधिकारीले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।

नयाँ कार्यसमितिको अध्यक्ष, पदाधिकारी र सदस्य पदमा निर्बाचित हुनको लागि शुक्रबार १९ पदका लागि ३६ जनाको उम्मेदवारी परेको छ भने १ जना निर्विरोध निर्वाचित भएका छन्।  अधिबेसनबाट निर्बाचित हुन दुई वटा प्यानलले सबै पदमा उमेद्वारी दर्ता गराएपनि संस्थागत सदस्यमा बिरभद्र कंडेल एक जनाको मात्र उमेदवारी परेकोले उनि निर्बिरोध बनेका छन। तर, यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

उपमहसचिब पदमा भने दुई जना प्यानलबाट र एकजना स्वतन्त्र गरि तिन जनाको उमेदवारी परेको छ ।संघको यसपटकको निर्बाचनमा २ हजार १८ मतदाता ब्यबसायीहरुले मतदान गर्न पाउने भएका छन। अघिल्लो पटकको भन्दा करिब ४ सय मतदाता यस पटक थप भएका छन।

यसपटक लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा पहिलो पटक महिलाले प्रतिष्पर्धा गर्दै छन संघमा एक दशक बिताएकी जानुका पराजुली अधिकारीले अध्यक्ष पदमा उमेदवारी दिएर प्यानल नै बनाएर चुनाबी अभियानमा सक्रिय भएपछि यसले आममहिला र सर्बसाधारणमा समेत चासो र चर्चा थपेको छ । संघको २९ वर्षिय इतिहासमा पहिलो पटक महिला उम्मेदवारले अध्यक्षको दावी सहित आफ्नो टिम घोषणा गरेको यो पहिलो पटकको हो ।

जानुकाको प्यानलबाट उमेदवारी दर्ता गराउनेहरु 

जानुका पराजुली अधिकारी अध्यक्ष रहेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्धितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडि), महासचिवमा भरतराज ओझा, उप–महासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उमेदवारी दर्ता गराएका छन।

सदस्यमा खुल्ला सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीले उमेदवारी दर्ता गराएका छन ।

जानुकाको प्यानलबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियारको उमेदवारी परेको छ । संस्थागत सदस्यमा कंडेल एकजनाको मात्र उमेदवारी परेको कारण उक्त पदमा भने चुनाब हुने छैन।

राजेन्द्रको प्यानलबाट उमेदवारी दर्ता गराउनेहरु 

राजेन्द्र ओझा अध्यक्ष रहेको प्यानलबाट उमेदवारी दर्ता गराउनेहरु मध्ये वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धीरज कुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना (एलपी), कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन।

कार्यसमितिको खुल्ला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) को उमेदवारी परेको छ राजेन्द्रको प्यानलबाट कार्यसमितिको महिला सदस्यमा सपना सुवेदी र लक्ष्मी ठाकुर (सुनार) तथा ऐसोसिएट सदस्यमा प्रवेश बन्जराले उमेदवारी दर्ता गराएका छन ।न राजेन्द्र समुहले पनि संस्थागत सदस्यमा कंडेलको नाम नै सार्बजनिक गरेको थियो।

राजेन्द्र र जानुका दुबैको प्यानलमा नरहेका बुद्धिप्रसाद बाँस्तोलाले उपमहासचिबमा उमेदवारी दर्ता गराएका छन।  दुईकार्यकाल संघको कार्यसमिति सदस्य रहेका बुद्धिप्रसाद बास्तोलाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।

निर्बाचन गराउन गठित निर्बाचन समितिका आयुक्त बरिष्ठ अधिबक्ता खगेन्द्रराज आचार्यका अनुसार भदौ १५ गते सम्म उमेदवारहरुले आंफ्नो नाम फिर्ता लिन सक्ने र सोहि दिन उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। निर्बाचन उपसमितिमा हरी त्रिपाठी र राजेश भट्टराई सदस्यको रुपमा रहेका छन् ।

उमेदवारी दर्ता गराउनेहरुको नामावली र ब्यबसायिक फर्म

 

 

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…