२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

अनियमिता बिरुद्ध नागरिक अख्तियार धाउदै

स्याङ्जा । सरकारी निकाय र सामाजिक संघ संस्थामा हुने अनियमित बिरुद्ध नागरिक अख्तियार धाउने क्रम रोकिएको छैन । नागरिकले सरकारी निकाय र सामाजिक संघ संस्थामा हुने अनियमित रोक्न अख्तियार पुग्ने गर्दछन् । अनियमित बिरुद्ध छानविन गरिदिन भन्दै स्याङ्जाका नागरिकले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा १ सय ३१ जनाले उजुरी दर्ता गराएका छन् ।

आर्थिक बर्ष २०८१/०८२ मा स्याङ्जाबाट अख्तियारको कार्यालयमा १ सय ३१ उजुरी दर्ता भएका हुन् । लिखित निवेदन, इमेल, टेलिफोन, म्यासेन्जर, पत्रपत्रिका लगायत मार्फत अख्तियारमा उजुरी दर्ता भएको कार्यालयले जनाएको छ । अख्तियारको तथ्याङक अनुसार आर्थिक बर्ष २०८१/०८२ मा भन्दा आर्थिक बर्ष २०८०/०८१ मा स्याङ्जाबाट उजुरी गर्नेको संख्या बढी थियो । दुई आर्थिक बर्षको तथ्याङ्क हेर्दा क्रमिक रुपमा अख्तियारमा उजुरी दर्ता गर्नेको संख्या घट्न थालेको हो की भन्ने देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय सहप्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार देशभर उजुरीहरु नघटेको बताए । कुनै जिल्लामा बढ्ने र घट्ने बेला—बेलामा भइरहने हुन्छ उनले भने,‘उजुरीहरु घट्दिए हुन्थ्यो भन्ने अख्तियारको चाहाना हो ।’ उजुरी तलमाथी हुदैमा अख्तियारको विश्वास घट्यो भन्न मिल्दैन उनले भने ।

आर्थिक बर्ष २०८०/०८१ मा स्याङ्जाबाट १ सय ६८ उजुरी दर्ता भएका थिए । गत आर्थिक बर्ष २०८१/०८२ मा स्याङ्जाबाट १ सय २१ उजुरी दर्ता भएका छन् । जसमध्ये अघिल्लो आर्थिक बर्षको फछ्यौट हुन बाँकी १० उजुरी सहित गरेर स्याङ्जाका १ सय ३१ उजुरी अनुसन्धानमा परेका थिए । कार्यालयले दिएको जानकारी अनुसार संघ, प्रदेश र स्थानीयतह मध्ये सबैभन्दा बढी उजुरी स्थानीयतहको रहेको छ । स्थानीयतहमा जनप्रतिनिधि र कर्मचारीको लापरवाहीमा भएका विकास निर्माण, खरीद, वितरण लगायतका बिषयमा बढी उजुरी परेको अख्तियारको तथ्याङकमा उल्लेख छ ।

अख्तियारको कार्यालय पोखराले दिएको जानकारी अनुसार संघिय सरकारका २३, प्रदेश सरकारका १६ र स्थानीय सरकारका ९२ उजुरी दर्ता भएका छन् । हरेक लापरवाहीमा नागरिकले आवाज उठाएपनि स्थानीय सरकारले सुनुवाई नगरेपछि नागरिक अख्तियार पुग्न थालेको यो तथ्याङकले देखाउछ । आर्थिक बर्ष २०८१/०८२ मा गल्याङ नगरपालिकाका १५, चापाकोट नगरपालिकाका ३९, पुतलीबजार नगरपालिकाका २६, भीरकोट नगरपालिकाका २ र वालिङ नगरपालिकाका १९ ओटा उजुरी दर्ता भएका थिए । गाउँपालिकातर्फ अर्जुनचौपारीका १३, आँधीखोलाका ४, कालीगण्डकीका ३, फेदिखोलाका १, बिरुवाका ७ र हरिनासका २ उजुरी गरी १ सय ३१ दर्ता भएका थिए । दर्ता भएका उजुरी मध्ये १ सय २ फछ्यौट भएका छन् भने २९ उजुरी अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए ।

गल्याङ्को ३, चापाकोटको १४, पुतलीबजारको ४, वालिङ नगरपालिकाको २, अर्जुनचौपारीको १, आँधीखोलाको ३, कालीगण्डकीको १, हरिनासको १ गरी २९ ओटा उजुरी अख्तियारको अनुसन्धानकै क्रममा रहेका छन् । भीरकोट, बिरुवा र फेदिखोलाका उजुरीहरु फछ्यौट भई शुन्यमा झरेको तथ्याङकले देखाएको छ । अख्तियारको कार्यालयले दिएको जानकारी अनुसार स्थानीयतह (संघिय मामिला), शिक्षा, पर्यटन, शिक्षा, विज्ञान तथा प्रविधि र अन्य बिषयमा उजुरी परेका थिए ।

गण्डकी प्रदेशभरी बाट अख्तियारको कार्यालय पोखरामा ११९६ उजुरी दर्ता भएका थिए । आर्थिक बर्ष २०८०/०८१ को बाँकी १ सय ६० गरी १३५६ उजुरी आर्थिक बर्ष २०८१/०८२ मा दर्ता भएका थिए । गण्डकी प्रदेशकै तथ्याङ्क हेर्दा पनि स्थानीयतहकै उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । नागरिकले नजिकको सरकारको रुपमा चिन्ने स्थानीय सरकारमा भष्ट्रचार धेरै हुन्छ भन्ने तथ्याङ्क अख्तियारमा परेको उजुरीका आधारमा देखिन्छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…