40Shares

लेखनाथ, कास्की।  लेखनाथस्थित शैक्षिक संस्था गुरुकुल कलेज अफ म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट एण्ड टुरिजम कलेजले  कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई लक्षित गरी स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मिलन के.सी. ले विद्यार्थीहरुलाई शैक्षिक, सामाजिक तथा व्यवहारिक हरेक क्षेत्रमा सक्षम बनाउन कलेज प्रतिबद्ध रहेको उल्लेख गरेका थिए । उनले कलेजलाई जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए । त्यसैगरी, कलेजका सल्लाहकार निलिसा ठकुरीले विद्यार्थीहरुको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै स्वागत कार्यक्रम उल्लासमय तथा प्रेरणादायी रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेकी थिईन् ।

स्वागत कार्यक्रमका क्रममा विद्यार्थीहरुले गीत, नृत्यसहित आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए। प्रस्तुतिहरूले कार्यक्रममा सहभागिता जनाउने सबैलाई आकर्षित गर्नुका साथै नयाँ विद्यार्थीहरुको आत्मविश्वास वृद्धि गर्ने कार्यसमेत गरेको बताइएको छ। पोखरा–३० पावरहाउस, लेखनाथस्थित गुरुकुल कलेजले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा दिँदै आएको छ। कलेजले व्यवस्थापन, होटल म्यानेजमेन्ट र पर्यटनसम्बन्धी शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन निरन्तर अग्रसर रहेको शिक्षिका एलिसा केसीले जनाईन् ।

40Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected