
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार राजधानीमा भएको प्रदर्शनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएपछि उनले मन्त्रिपरिषद् बैठकमै पदत्याग गरेका हुन् ।
लेखकले “ठूलो घटना भएको” भन्दै नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिएको जनाएका छन् । उनले अहिलेसम्म सहयोग र काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरेका छन्











