6Shares

पोखरा, भदौ २४  । पोखरा महानगरपालिका क्षेत्रमा भइरहेका प्रदर्शन, जुलुस र झडपका कारण शान्ति–सुरक्षामा चुनौती बढेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मंगलबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेकी हुन्। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम लागू भएको आदेश अनुसार पाँच जनाभन्दा बढी भेला भई जुलुस, सभा, धर्ना र प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।

निषेधाज्ञा लागू क्षेत्रमा शहीदचोक आसपास  वाई  चोकदेखि फिस्टेल  गेटसम्म, मालपोत कार्यालयदेखि राष्ट्र बैंक चोकसम्म र गण्डकी प्रदेश सभा क्षेत्र  भिमकाली पाटनदेखि अधिकारी  टोलसम्म, नदीपुर हाइवे हुँदै बाग बजार ट्याक्सीचोकसम्म निषेधाज्ञा जारी गरेको छ। प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी पनि दिएको छ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected