39Shares

पोखरा । हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ पोखरा इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ ।

गत भदौ २४ गतेको जेन्जीको आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा जडान गरिएका सम्पूर्ण सिसिटीभि क्यामेराहरु आगलागीका कारण पूर्ण रुपमा जलेर नष्ट भएपछि लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले प्रहरीको काम कारबाहीमा सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप शनिवार सिसिटीभी क्यामेरा मर्मत संगै नयाँ सिसिटीभी जडान गरेको लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका अध्यक्ष राबत गोम्जा तामाङले बताए ।

गोम्जाका अनुसार जिल्ला प्रहरी कार्यालय हामी सबैको लागि सुरक्षा प्रदान गर्ने स्थान भएकाले आन्दोलनको क्रममा आगलागीबाट क्षती भएको सिसिटीभी क्यामेराहरुले काम नगर्ने भएकाले आफुहरुले मर्मत र नयाँ सिसिटीभी क्यामेरा जडान गरेको बताए ।

सिसिटीभी जडान कार्यक्रमका संयोजक स्वयंभु कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा १६ थान सिसिटीभी क्यामेरा जडान गरिएको छ । जस मध्ये ९ वटा सिसिटीभी क्यामेरा नयाँ जडान गरिएको हो । शनिवार जडान सम्पन्न गरी हस्तान्तरण गरिएको उक्त क्यामेराहरुको मर्मत संभार समेत लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले नै गरिदिने र आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने कस्मिक कम्पुटिंग सोलुसन न्युरोड पोखराका संचालक समेत रहेका  कुँवरले जानकारी दिए ।

यस अघि पार्दी माविमा समेत लायन्स क्लव अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले सिसिटीभी क्यामेरा जडान गरेको बताउदै आफुहरुले पोखरा ८ का केही सामुदायिक विद्यालयहरुमा सिसिटीभी क्यामेरा जडान गर्ने योजनाका साथ अगाडी बढिरहदा जेन्जीको आन्दोलनका कारण आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालयमा सिसिटीभी क्यामेरा जडान गरिएको क्लबका अध्यक्ष गोम्जाले जानकारी दिए ।

क्लब इन्फरमेशन टेक्नोलोजी लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई  नेपाल अन्तर्गतको  आईटी फिल्डसँग सम्बन्धित समुह मात्रको क्लब हो।

39Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected