नवनियुक्त तीन मन्त्रीले लिए शपथ : आजै बसेको पहिलो बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता
- September 15, 2025
- 1107

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

ओली क्याबिनेटमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता पठाउने निर्णय
काठमाडौँ । सरकारले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको हो ।
यो संगै मृतकलाई सहिद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि असोज १ मा शोक दिवस, सार्वजनिक विदा घाइतेको निःशुल्क उपचार, मृतक परिवारलाई १५ लाख राहत आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाइने जेनजी स्मृति पार्क निर्माण गर्ने ओली मन्त्रिपरिषद्मा आएका सबै प्रस्ताव मन्त्रालयमै फर्काउने निर्णय गरेको हो।
गत २३ र २४ भदौमा भएको जेन जेडको प्रदर्शन उग्र बन्दै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।






सम्बन्धित खवर
















