
पोखरा । विश्वप्रसिद्ध विद्युतीय कार ब्रान्ड बीवाईडी (BYD) अब पोखरामा नयाँ व्यवस्थापनमार्फत बिक्री सुरु भएको छ । अटोमोबाइल व्यवसायी प्रमेश पराजुली र डिल्लीराज सुवेदी (शिशिर)ले स्वस्तिक इंक प्रालिमार्फत बीवाईडीको आधिकारिक डिलरसिप लिएका हुन् ।
यसअघि आयातकर्ता साइमेक्स इंक प्रालिले आफ्नै स्वामित्वमा पोखराको बुद्धचोकमा शोरुम सञ्चालन गरेको थियो । अब सो शोरुम स्वस्तिक इंक अन्तर्गत रहनेछ ।
१२ हजार ८ सय ४५ वर्गफुट क्षेत्रमा फैलिएको उक्त शोरुमबाट ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) सुविधा पाउनेछन् । साइमेक्सका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले पोखरालाई दीर्घकालीन रणनीतिक बजारका रूपमा लिएको बताउँदै नयाँ संरचना र प्रिमियम उत्पादनले उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरे ।
बीवाईडीले हाल नेपाली बजारमा अट्टो ३, अट्टो २, अट्टो १, सिलायन ७, एम ६, सिल र डल्फिन मोडल उपलब्ध गराएको छ । इन्ट्री–लेभलदेखि प्रिमियम सेगमेन्टसम्मका गाडी प्रस्तुत गर्दै बीवाईडी नेपालमा छिट्टै लोकप्रिय बन्दै गएको छ ।














