
पोखरा, २२ असोज । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सविता बराल निर्वाचित भएकी छन्। संस्थाको १६औं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशनले बरालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
निर्वाचित कार्यसमितिमा उपाध्यक्ष मुकुन्दराज पौडेल, सचिव मधु अधिकारी, कोषाध्यक्ष हरिप्रसाद बराल र सहसचिव मिना बराल आचार्य रहेका छन्। त्यस्तै सदस्यहरूमा रामचन्द्र बराल, कल्पना शर्मा, पुष्पराज बराल र मेघनाथ गिरी छन्। लेखा सुपरिवेक्षण समितिमा संयोजक सूर्य प्रसाद बरालसहित सदस्य दुर्गाराज बराल र रामनाथ पौडेल निर्वाचित भएका छन्।
निर्वाचन समितिका संयोजक विश्वेश्वर पराजुली र सदस्यहरू लोकमाया बराल तथा उदयराज अधिकारीले सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
अध्यक्ष बरालले आफ्नो प्रतिबद्धता मन्तव्य प्रस्तुत गर्दै संस्थाका शेयर सदस्यहरूको मर्म र भावनाअनुरूप सहकारीका सिद्धान्तलाई मार्गदर्शक बनाएर काम गर्ने प्रतिवद्धता जनाइन्।
यसअघि सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले गरेका थिए। उनले सहकारीका सात सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले संकल्प सहकारीले आफूलाई जोखिमरहित राख्न सफल भएको बताए। वडाले वित्तीय संस्थाहरूसँग सहकार्य गर्न सधैं तयार रहेको उल्लेख गर्दै उनले शेयर सदस्यहरूलाई सहकारीमार्फत कारोबार गरी संस्थालाई अझ सबल बनाउन आग्रह गरे।
कार्यक्रममा सल्लाहकार तथा संस्थापक अध्यक्ष विष्णुहरि बराल, निवर्तमान अध्यक्ष सरोज नारायण बराललगायतले शुभकामना मन्तव्य दिएका थिए। सभामा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने अम्बिका सापकोटा र पवित्रा पौडेललाई सम्मान गरिएको थियो। साथै, लेखा समितिमा लामो समय कार्यसम्पादन गरेका सूर्यनाथ भट्टराईलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
सभामा कोषाध्यक्ष हरिप्रसाद बरालले आर्थिक प्रतिवेदन र सूर्यनाथ भट्टराईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। तत्कालीन अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव नरेशप्रसाद बराल र स्वागत उपाध्यक्ष सविता बरालले गरेकी थिइन् । संस्थामा हाल ८७ महिला र १३७ पुरुष गरी २२४ शेयर सदस्य छन्। सहकारीको कुल शेयर पुँजी २ करोड ८ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको संस्थाले जनाएको छ।







सम्बन्धित खवर
















