3Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले ‘सडक तमासा’ देखाएको आरोप लगाएका छन्। भक्तपुरमा आयोजित एमालेको कार्यक्रममा बिहीबार बोल्दै उनले सरकारले मुलुक चलाउने गम्भीर विषयलाई ‘ख्याल–ठट्टा’मा रूपान्तरण गरेको टिप्पणी गरे।

ओलीले भने, “तमासा के गर्नुभयो भने म काठमाडौंको डाँडो काटेर पर्तिर जान नपाउने! त्यो डाँडोसम्म जान पाइने कि नपाइने थाहा छैन, पर्तिरपट्टि पानी ढलको सिमाना! यो सडक तमासा नभए के हो?” उनले सरकारको निर्णय शैलीमाथि व्यंग्य गर्दै थपे, “मुलुक चलाउने विषय खिल्लीको होइन।”

अध्यक्ष ओलीले अहिलेको सरकार नेपाली जनताको प्रतिनिधि नै नभएको दाबी पनि गरे। उनले भने, “यो सरकार हाहुबाट बनेको हो। कसैले छानेको सरकार होइन। यो नेपालीको होइन, अरूकसैको प्रतिनिधि हो। उहाँहरू कुनै खास उद्देश्यले काम गरिरहनुभएको छ।”

उनका अनुसार, सरकारले आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने योजनासहित रातिराति बैठक गरिरहेको छ। उनले भने, “सुशीला कार्कीको डरले केपी ओली भाग्छ? गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिनू, नचम्किनु, सम्हालिनु भन्ने सल्लाह दिन चाहन्छु। राजनीति ख्याल–ठट्टा होइन, देश चलाउने कुरा खेल होइन।”

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected