2Shares

पोखरा, २४ असोज। राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, रामबजार पोखराको २३औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री तथा संस्थाका संरक्षक उत्तम बहादुर पुनले सहकारीले अपेक्षित प्रगति गर्न नसकेकोमा खेद व्यक्त गरेका थिए । उनले बहुउद्देश्यीय सहकारीले एकै खालका काममा सीमित नभई नयाँ र उत्पादक क्षेत्रतर्फ पनि अग्रसर हुनुपर्ने सुझाव ब्यक्त गरेका थिए ।

साधारणसभामा शेयरधनी जनक बोहरा र कृष्णप्रसाद दाहालले सहकारीलाई नाफामूलक र सृजनात्मक ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लेखासमिति संयोजक प्रताप पुनले लेखा प्रतिवेदन प्रस्तुत, सञ्चालक समितिको तर्फबाट अध्यक्ष पूर्णप्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए भने दुवै प्रतिवेदन साधारणसभाले सर्वसम्मत रूपमा पारित गरेको थियो।

संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सिता दाहालले स्वागत मन्तव्य र सचिव सूर्यप्रसाद बाँस्तोलाले सञ्चालन गरेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected