1Shares

काठमाडौँ। बुद्ध एयरका सह–मालिक व्यवसायी वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईँ लगायत व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगमा बिहीबार दर्ता भएको सो पार्टीको अध्यक्षमा प्रसाईँ रहेका छन् भने महासचिवमा पियुषप्रसाद कायस्थ छन्। व्यवसायी बस्नेत भने पार्टीका सदस्य हुन्।

पार्टीको विधानअनुसार पदाधिकारीहरू चुनाव नलड्ने व्यवस्था गरिएको छ, तर बस्नेत सदस्य भएकाले उनीलाई चुनाव लड्न कुनै कानुनी बाधा नहुने जनाइएको छ।

पार्टीको आह्वान पत्रमा भनिएको छ– “अबको चुनावमा पनि विरोधको राजनीति र पेसागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अँध्यारो खोँचमा फस्नेछ, जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ।” त्यसैले, पार्टीले सोचयुक्त, सृजनशील र इमानदार राजनीति गर्न सबैलाई आह्वान गरेको छ।

पार्टीले आफ्नो घोषणापत्रमा नेपालको राजनीतिक संस्कारलाई नियमसंगत, समावेशी र समतामूलक दिशामा रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ। “आजको पुस्ता र भावी पुस्ताले समावेशी र समतामूलक उज्ज्वल भविष्य प्राप्त गर्न सकून्,” पार्टीले जनाएको छ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected