52Shares

पोखरा । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेश पोखराले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका–२८ स्थित श्री जनज्योति उच्च माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई टेलिकमको लोगो अंकित विद्यालय व्याग वितरण गरेको छ।

वडाध्यक्ष श्रीकृष्ण लामिछाने कार्यक्रमका प्रमुख अतिथि रहेकों कार्यक्रममा विशिष्ट अतिथिहरूमा नेपाल टेलिकमका निर्देशक बसन्त लिङथेप, नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण के.सी., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर पौडेल, वडाका जनप्रतिनिधि देबी भुजेल, शिक्षक अभिभावक संघका अध्यक्ष वीरेन्द्र अधिकारी लगायत अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रमको सुरुवातमा प्रादेशिक निर्देशनालयका प्रशासकीय अधिकृत पुष्कर कोईरालाले स्वागत मन्तव्य पश्चात व्यापार प्रमुख महेन्द्र प्रसाद रिमालले नेपाल टेलिकमको सामाजिक उत्तरदायित्वका विभिन्न पहलहरूबारे जानकारी दिंदै संस्थाले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानमाथि प्रकाश पारेका थिए ।

विशिष्ट अतिथि कृष्ण के.सी.ले नेपाल टेलिकमको सेवाको प्रशंसा गर्दै आधुनिक शिक्षा र सिकाइमा इन्टरनेटको महत्वमाथि जोड दिएका थिए। त्यस्तै, निर्देशक बसन्त लिङथेपले टेलिकमले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान उल्लेख गर्दै पोखरा–२८ क्षेत्रमा शीघ्र FTTH इन्टरनेट सेवा विस्तार गरिने जानकारी दिए ।

नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख राकेश चौधरीले टेलिकमका विविध सेवा, योजना र प्रविधिमैत्री पहलहरूको जानकारी दिँदै दुर्गम क्षेत्रमा “नमस्ते Wi-Fi” इन्टरनेट सेवा उपयुक्त विकल्प हुन सक्ने बताए ।

विद्यालयका प्रधानाध्यापक उत्तम कुमार श्रेष्ठले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै विद्यालयको तर्फबाट प्रशंसा पत्र प्रदान गरेका थिए।

52Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected