
3Shares
पोखरा । तिहार सुरु भएपछि कास्की प्रहरीले २७ जनालाई जुवातास खेलिरहेको आरोपमा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार पोखरा–१६ माथिल्लो दीप क्षेत्रबाट सात जना जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरूको साथबाट चार बुक तास र नगद रु २ लाख ९५ हजार ६ सय ७५ बरामद गरिएको प्रहरीले जनाएको छ।
तिहार सुरु भएयता विभिन्न स्थानमा गरिएको छापामार कारबाहीका क्रममा हालसम्म ८ लाख ९७ हजार ७ सय ८० रुपैयाँ नगद बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतका अनुसार जुवातास खेल्ने सम्बन्धी सूचना प्राप्त भएपछि प्रहरी टोलीले छापा मार्दै कारबाही अघि बढाएको हो।
3Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।








