२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

भदौ २४ गते प्रहरी कार्यालय तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना पक्राउ

पोखरा । जेनजी आन्दोलनको दोस्रो दिन भएको प्रहरी कार्यालयमाथिको तोडफोड, आगजनी र हातहतियार लुटपाट घटनामा संलग्न रहेको आरोपमा कास्की प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा भएको तोडफोड तथा हातहतियार लुटपाट घटनामा संलग्न व्यक्तिहरूलाई हाल पक्राउ गरिएको हो। घटनाको अनुसन्धानका क्रममा ती व्यक्तिहरूको संलग्नता पुष्टि भएपछि उनीहरूलाई कानूनी कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का राजेश मक्रान्ती,  पोखरा महानगरपालिका–४ का नारायण साईँ, पोखरा – ११ का अरुण बिक, पोखरा–१ का रुपेश मगर र  दिप साईँलगायत रहेका छन्। त्यस्तै, अन्नपूर्ण गाउँपालिका–५  का लंग बहादुर नेपाली, अरबिन बिक, थम बहादुर सार्की, पूर्ण बहादुर नेपाली, अन्नपूर्ण–६ ग्रिस क्षेत्री पनि पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये केहीले प्रहरी चौकीमा आगजनी गरेको, हातहतियार लुटपाटमा सहभागी भएको र कार्यालयका सामग्री तोडफोड गरेको प्रमाण भेटिएको प्रहरीको दाबी छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र.ना.उ. हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका सबैमाथि दफा अनुसारको कानूनी प्रक्रिया अघि बढाइएको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…