61Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङका तयारीमा उल्लेखनीय योगदान पुर्‍याउने उपसमितिका मेंन्टर र संयोजकलाई पोखरामा आयोजित विशेष समारोहका बीच मायाको चिनो प्रदान गरिएको छ।

लायन्स क्लब अफ पोखरा अञ्जुलीको स्थानीय व्यवस्थापनमा गत शनिबार सम्पन्न दोस्रो क्याबिनेट मिटिङलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपसमितिका मेंन्टर र संयोजकहरूलाई बिहीबार डिष्ट्रिक्टको पोखरास्थित सचिवालयमा सम्मान गरिएको हो।

कार्यक्रमको अध्यक्षता दोस्रो क्याबिनेट मिटिङका मूल संयोजक तथा आयोजक क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट काउन्सिलर अमृत शोभा खत्रीले गरेकी थिइन्।

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट पिआरओ इन–चिफ ऋषि गिरी, तथा डिष्ट्रिक्टका सिनियर लिडरहरू सूर्य नारायण बराल, सुरेन्द्र मान सिंह, टंकराज अधिकारी, युवराज खनाल, बिष्णु ढुंगाना, मेजर रामबहादुर गुरुङ, सन्तोष श्रेष्ठ, प्रेम दाहाल, डिल बहादुर थापा, भरत सिग्देल, जोन चेयरपर्सन उमा रेग्मी भण्डारीलगायतको उपस्थिति थियो।

भट्टराईले लायन्स क्लब अफ पोखरा अञ्जुलीले देखाएको संगठनात्मक क्षमता, अनुशासन र सहकार्य प्रशंसनीय रहेको उल्लेख गर्दै, “यस्तो समर्पण र टिम–स्पिरिट नै डिष्ट्रिक्टको प्रतिष्ठा बढाउने शक्ति हो,” भन्दै सबै उपसमिति संयोजक र सल्लाहकारहरूलाई बधाई दिए।

वरिष्ठ लिडरहरूले कुनै पनि सफल आयोजनाको मूल मन्त्र आपसी समझदारी, समयपालन र एकता भएको उल्लेख गर्दै अञ्जुली क्लबको संयोजनमा सम्पन्न दोस्रो क्याबिनेट मिटिङ त्यसको उत्कृष्ट उदाहरण भएको टिप्पणी गरे।

उक्त अवसरमा २३ वटा उपसमिति गठन गरी जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्ने संयोजक र सल्लाहकारहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। सम्मान ग्रहण गर्ने क्रममा सहभागीहरूमा खुसी र उत्साह झल्किएको थियो।

मूल संयोजक खत्रीले सहयोग गर्ने सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै भनिन्, “दोस्रो क्याबिनेट मिटिङको सफल आयोजनामा प्रत्येक संयोजक, सल्लाहकार र सदस्यको योगदान सधैं स्मरणीय रहनेछ।”

क्लबकी अध्यक्ष निर्मला थापाले ऐतिहासिक आयोजनामा देखिएको एकता र ऊर्जा क्लबकै गौरव भएको बताइन्।

कार्यक्रमको समापनमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यका माध्यमबाट लायन्स क्लबका सेवामूलक अभियानहरू अझ सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

आयोजक क्लबका अध्यक्ष निर्मला थापा, प्रथम उपाध्यक्ष पूजा सिलवाल, द्वितीय उपाध्यक्ष माया थापा, सचिव सिता कोइराला कोषाध्यक्ष अस्मिता गौतम, पिपल चौतारीका कोषाध्यक्ष संकल्प बसेल लगायतले समिक्षा बैठकमा सहभागिता जनाएका थिए ।

61Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected