
पोखरा । लायन्स इन्टरनेशनलले विश्वभरका बालबालिकामा शान्तिको सन्देश फैलाउने उद्देश्यले प्रत्येक वर्ष आयोजना गर्दै आएको पिस पोस्टर प्रतियोगिता अन्तर्गत यस वर्षको प्रतियोगिता “Together as One (हामी एकैसाथ एकजुट भएर)” भन्ने विषयमा सम्पन्न भएको छ।
लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा बिहीबार पोखरा–८ स्थित नेशनल क्रिएशन एकेडेमीमा सो प्रतियोगिता सम्पन्न गरिएको हो। प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका १३ जना विद्यार्थीले सहभागिता जनाएका थिए, जसमा ७ जना छात्र र ६ जना छात्रा रहेका थिए।
प्रतियोगितामा केभिन गुरुंग प्रथम, प्रिन्स थापा दोस्रो र अन्तिमा खत्री चौधरी तेस्रो भएका छन्। विजयी विद्यार्थीहरूलाई लायन्स इन्टरनेशनलबाट प्राप्त प्रमाणपत्रका साथै अविर, खादा र मायाको चिनोद्वारा सम्मान गरिएको थियो।
कार्यक्रम क्लबका अध्यक्ष एवम् विद्यालयका प्राचार्य ज्ञानेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एडमिनिट्रेटर टंकराज अधिकारी, डिष्ट्रिक्ट चिफ तथा पिस पोस्टर कोअर्डिनेटर शिव बहादुर खड्का, क्लबका जोन चेयरपर्सन जिवन ढुंगाना, प्रथम उपाध्यक्ष रवि कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष तिर्थराज सुबेदी, सचिव यम बहादुर पनेरूलगायतको उपस्थिति रहेको थियो।
बालबालिकाले चित्रकला मार्फत “शान्ति, एकता र सहअस्तित्व” को सशक्त सन्देश प्रस्तुत गरेका थिए। कार्यक्रमका वक्ताहरूले बालबालिकाको सृजनशीलतामार्फत विश्वभर शान्ति र सहिष्णुताको भावना विस्तार गर्नु नै पिस पोस्टर कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।








सम्बन्धित खवर
















