जोन ५२ को जोन बैठक: अमरबुद्ध र सिभिकले साझा गरे हालसम्मका गतिविधि र आगामी योजना

पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५–आई, नेपालअन्तर्गत जोन–५२ का क्लबहरूको संयुक्त जोन बैठक पोखरामा सम्पन्न भएको छ। बैठकले सदस्यता विस्तार र सेवा कार्यक्रमको गुणस्तर वृद्धिमा विशेष जोड दिएको छ।
एरिया–१०, रिजन–२२, जोन–५२ का क्लबहरू लायन्स क्लब अफ पोखरा अमरबुद्ध र लायन्स क्लब अफ पोखरा सिभिकको संयुक्त बैठक शुक्रबार पोखरा लेकसाइडस्थित रोजमेरी किचनमा आयोजित थियो। जोन चेयरपर्सन बिकास कंडेलको संयोजनमा सम्पन्न कार्यक्रममा दुबै क्लबका अध्यक्ष, पदाधिकारी र सदस्यहरूले उत्साहपूर्वक सहभागिता जनाए।
कार्यक्रममा क्लबका अध्यक्ष तथा पदाधिकारीहरूले हालसम्मका सेवा गतिविधि, प्रगतिका विवरण र आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। अमरबुद्धका अध्यक्ष इन्दिरा पौडेल, सिभिकका अध्यक्ष मित्रबन्धु बराल, प्रथम उपाध्यक्ष गणेश पराजुली, सचिव विनोद बराल, अमरबुद्धका सचिव हिमानी गुरुंग र सह–कोषाध्यक्ष सोबिता श्रेष्ठले आफ्ना–आफ्ना क्लबका गतिविधिबारे विस्तृत प्रगति प्रतिवेदन साझा गरे।
जोन चेयरपर्सन कंडेलको अध्यक्षतामा तथा डिष्ट्रिक्ट पिआरओ–इन–चिफ ऋषि गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर टंकराज अधिकारी, युवराज खनाल, जिईटी को–अर्डिनेटर भावना बसेल, डिष्ट्रिक्ट को–अर्डिनेटर एफ़डब्ल्यूसी विष्णु श्रेष्ठ, डिष्ट्रिक्ट एम्बासडर बुद्धिराज बराल, एरिया को–अर्डिनेटर मेनका श्रेष्ठ, रिजन–२२ की रिजन चेयरपर्सन बद्रिका ढुंगानालगायत पदाधिकारीहरूको उपस्थिती थियो।
कार्यक्रमका वक्ताहरूले दुबै क्लबले समाजमा पुर्याइरहेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रममार्फत समुदायमा सेवा विस्तार गर्ने शुभकामना व्यक्त गरे।








सम्बन्धित खवर
















