२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबरस्वास्थ्य

महिला मेनोपोज र मानसिक स्वास्थ्यबारे “कस्तो छ साथी?–भाग २” सम्पन्न

काठमाडौं । महिला स्वास्थ्य र मानसिक सशक्तिकरणलाई केन्द्रबिन्दु बनाएर आयोजना गरिएको “कस्तो छ साथी?–भाग २” कार्यक्रम शनिबार काठमाडौँको गौशाला स्थित अनुपम फुड ल्याण्डमा सम्पन्न भएको छ। लायन्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ आइ नेपाल, एरिया–२ अन्तर्गत रिजन ३ र ४ का सम्पूर्ण जोन तथा क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य र मानसिक सशक्तिकरण विषयमा विस्तृत छलफल गरिएको थियो।

एरिया–२ का कोअर्डिनेटर मेघा तिमल्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रम बिहान ११ बजेबाट सुरु भई दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा मुख्य अतिथिका रूपमा डिष्टिक्ट ३२५ आइ नेपालका डिष्टिक्ट गभर्नर पार्वती खरेल पाण्डे, विशेष अतिथि मल्टिपल डिष्टिक्ट कोअर्डिनेटर मनबहादुर रोक्का, प्रथम भाइस डिष्टिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व  डिष्टिक्ट गभर्नर  इन्दु लम्साल, एलसिआइएफ कोअर्डिनेटर अनिता थापा बिष्ट, जिएसटी कोअर्डिनेटर केदार न्यौपानेलगायत क्याबिनेटका पदाधिकारी तथा लायन्स तथा गैर लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्रोत व्यक्तिको रूपमा नर्भिक अस्पतालका प्रा. डा. अचला वैद्यले महिलाको रजोनिवृत्तिका शारीरिक तथा स्वास्थ्य पक्षबारे महत्वपूर्ण प्रस्तुती दिएकी थिइन् भने पीएचडी स्कलर  तथा मनोवैज्ञानिक डा. पदम राज जोशीले मेनोपोजका कारण मानसिक अस्थिरता बढ्ने सम्भावनाहरू तथा मानसिक सन्तुलन कसरी जोगाउने भन्ने विषयमा विस्तृत रूपमा अभिमुखीकरण गरेका थिए।

होमो हेल्थका संयोजक तथा कार्यक्रम संचालिका सुरक्षा कुँवरको विशेष समन्वयमा प्रस्तुत गरिएको कार्यक्रममा रजोनिवृत्तिका समस्यामा आधारित नाट्य प्रस्तुती समेत गरिएको थियो, जसले सहभागीहरूलाई थप प्रभावकारी रूपमा सजग बनाएको थियो । महिला स्वास्थ्य, मेनोपोजका लक्षण, यसको प्रभाव तथा समाधानका उपायहरूबारे सहभागीबीच खुलेर छलफल गरिएको थियो।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…