लायन्सको जोन–६२ बैठक सम्पन्न:१.५ मिलियन सदस्यता अभियान सफल बनाउने प्रतिवद्धता

पोखरा। लायन्स अन्तर्राष्ट्रियले अघि सारेको १.५ मिलियन सदस्यता विस्तार अभियानलाई सफल बनाउने दृढ प्रतिवद्धतासहित डिष्ट्रिक्ट ३२५ आई नेपाल, एरिया–१२, रिजन–२७, जोन–६२ अन्तर्गतका क्लबहरूको दोस्रो जोन बैठक पोखरामा सम्पन्न भएको छ।
सदस्यता वृद्धिलाई आजको प्रमुख आवश्यकता मान्दै क्लबहरूबीच विस्तृत समीक्षा, रणनीति निर्माण र आगामी कार्ययोजनाका विषयमा व्यापक छलफल गरिएको बैठक आइतबार न्यूरोडस्थित मायारा किचनमा जोन–६२ का जोन चेयरपर्सन जीवन ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हो।

जोन चेयरपर्सन जीवन ढुंगानाका अनुसार बैठकको उद्देश्य क्लबहरूले अहिलेसम्म सञ्चालन गरेका सेवा गतिविधिको मूल्यांकन, उपलब्धि पहिचान तथा भावी योजनाको प्रभावकारी कार्यान्वयनका उपाय तय गर्नु रहेको थियो।
बैठकमा सदस्यता वृद्धि, नयाँ सदस्य पहिचान, सदस्य संरक्षण र सदस्य सन्तुष्टिका रणनीतिबारे विस्तृत छलफल भएको थियो । साथै नयाँ क्लब स्थापना, आर्थिक व्यवस्थापनमा पारदर्शिता, आर्थिक संकलनका व्यवहारिक उपाय, नियमित अभिमुखीकरण र प्रभावकारी प्रशिक्षणका आवश्यकतामा सहभागीहरूले विशेष जोड दिएका थिए ।
नेतृत्व विकास, सेवा विस्तार, मधुमेह सचेतना, युवा क्षमतावृद्धि र महिला सशक्तिकरण जस्ता अभियानमा क्लबहरूले प्राप्त गरेका उपलब्धिको आदानप्रदान गर्दै आगामी चुनौती तथा समाधानका उपायमा पनि बैठक केन्द्रित रह्यो।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा सानिमाका अध्यक्ष बिनय राउत, पोखरा पुष्पबाटिकाका अध्यक्ष बिक्रम पन्त, पोखरा पिस सिटीका प्रथम उपाध्यक्ष रवि कुमार श्रेष्ठलगायतका तीन वटै क्लबका पदाधिकारीहरूले आफ्ना क्लबको कार्य प्रगति तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए।
बैठकमा प्रमुख आमन्त्रित व्यक्तित्व डिष्ट्रिक्ट पीआरओ इन–चिफ ऋषि गिरी, डिष्ट्रिक्ट एडमिनिस्ट्रेटरद्वय सुरेन्द्रमान सिंह भण्डारी र टंकराज अधिकारी, डिष्ट्रिक्ट जिएटी नगेन्द्रराज बराल, एरिया को–अर्डिनेटर सन्त बहादुर लामिछानेलगायतका वक्ताहरूले पनि विभिन्न विषयमा मन्तव्य राखेका थिए।








सम्बन्धित खवर
















