4Shares

पोखरा । नेकपा एमाले कास्कीले आगामी ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम सार्वजनिक गरेको छ। कास्कीमा रहेका तीनवटा प्रतिनिधि सभा क्षेत्र र एउटा गैर–भौगोलिक उत्पीडित क्षेत्र गरी चार तहबाट प्रतिनिधि चयन गरिएको जिल्लाको पार्टी संगठनले जनाएको छ।

कास्कीबाट महाधिवेशनमा कुल २३ जना प्रतिनिधि सहभागी हुनेछन्। यसपटक मनोनयनका लागि १२२ जनाले उम्मेदवारी दिएका थिए।

कास्की–१ बाट खुलातर्फ एमाले कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्री, प्रदेश सांसद बेदबहादुर गुरुङ, टिकाराम पंगेनी र दर्शन लामा चयन भएका छन्। महिलातर्फ विजया सुवेदी र नारायणी भट्टराई ‘रक्षा’ तथा युवातर्फ नवराज ओझा चयन भएका छन्।

कास्की–२ मा खुलातर्फ रामप्रसाद खनाल, रश्मी आचार्य, भेषराज बराल र तेजनारायण अधिकारी चयन भएका छन्। महिलातर्फ सिर्जना शर्मा र हिरा गिरी, युवातर्फ विजय पौडेलले प्रतिनिधित्व गर्नेछन्।

कास्की–३ बाट खुलातर्फ लालबहादुर परियार, दीपक पौडेल, जगन्नाथ बास्तोला र माधव बास्तोला चयन भएका छन्। महिलातर्फ गिता विक र शोभा पहारी बराल तथा युवातर्फ भरतमान गुरुङ चयन भएका छन्।

यस्तै, उत्पीडित क्षेत्रतर्फ प्रेम विक र दामबहादुर विक चयन भएका छन्।

एमालेको ११औँ महाधिवेशनका लागि कास्कीको प्रतिनिधि चयन प्रक्रिया सकिँदा जिल्लामा आन्तरिक प्रतिस्पर्धासमेत चहलपहलयुक्त देखिएको पार्टी स्रोतले जनाएको छ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected