33Shares

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र पहारी निर्वाचित भएका छन् । आगामी कार्यकाल (२०८२–२०८५) का लागि सम्पन्न निर्वाचनमा २०७ मत प्राप्त गर्दै पहारी अध्यक्षमा चयन भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी विष्णुप्रसाद बरालले १७३ मत प्राप्त गरेका थिए ।

अध्यक्ष पहारी क्याम्पसका वर्तमान सिनेटर तथा पूर्व कोषाध्यक्षसमेत हुन् । निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालका अनुसार अध्यक्ष पदका लागि खसेका ३८६ मतमध्ये ६ मत बदर भएको थियो ।

यसै निर्वाचनबाट क्याम्पस सञ्चालक समितिका ११ जना सदस्य निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा हेमबहादुर थापा (पराजुली), लक्ष्मीप्रसाद पौडेल, तिलकराम पौडेल, गणेशबहादुर अधिकारी, नम्रता बराल, गिरिराज चालिसे, इन्द्रप्रसाद पौडेल, इञ्जिनियर शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल, विश्वकुमार विजुक्छे र पदमबन्धु पोखरेल रहेका छन् । क्याम्पस सञ्चालक समितिको सदस्य पदका लागि कुल १४ जनाको उम्मेदवारी परेको थियो ।

निर्वाचनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पहारीले क्याम्पसको समग्र विकास, सुशासन प्रवर्द्धन र शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीमैत्री वातावरण सिर्जना, शैक्षिक पूर्वाधार सुदृढीकरण तथा प्रशासनिक पारदर्शितामा जोड दिइने बताए ।नयाँ नेतृत्व चयनसँगै जनप्रिय बहुमुखी क्याम्पसमा सुशासन सुदृढीकरण र शैक्षिक सुधारको अपेक्षा बढेको छ ।

33Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected