२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

नेपालका डिष्ट्रिक्ट गभर्नरहरू अहमदाबादमा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित

डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालकी गभर्नर पार्वती खरेल पाण्डेले ५३औँ इशामे फोरममा प्रस्तुत गरिन् प्रेरणादायी सफलता कथा

पोखरा। लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालका डिष्ट्रिक्ट गभर्नरहरू लायन वर्षको सुरुआतमै लायन्स अन्तर्राष्ट्रियसमक्ष गरिएको रिक्रुटमेन्टसम्बन्धी प्रतिबद्धता सफलतापूर्वक पूरा गर्न सफल भएपछि भारतको अहमदाबादमा सम्पन्न ५३औँ इशामे एरिया फोरममा अन्तर्राष्ट्रिय रूपमा सम्मानित भएका छन्। इशामे एरिया फोरममा भारत, साउथ एशिया, अफ्रिका र मिडल इस्टका देशहरु आवद्व छन्।

लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष ए.पी. सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त  समारोहमा डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले १११ प्रतिशत रिक्रुटमेन्ट लक्ष्य पूरा गर्दै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भइन्। यस अवसरमा उनले आफ्नो नेतृत्व यात्रा, टिमवर्क, सदस्य विस्तारका रणनीति तथा सेवा भावनालाई केन्द्रमा राखेर हासिल गरिएको सफलताको प्रेरणादायी ‘सक्सेस स्टोरी’ पनि फोरममा प्रस्तुत गरिन्।

डिष्ट्रिक्ट गभर्नर पाण्डेले प्रस्तुत गरेको सफलताको कथाले एशिया तथा अन्य क्षेत्रका लायन्स नेताहरूलाई गहिरो प्रभाव पारेको बताइएको छ। उनले “संगठन विस्तार केवल संख्याको विषय होइन, गुणस्तरीय नेतृत्व, सक्रिय सदस्यता र सेवा संस्कृतिको निरन्तरताबाट मात्र दीगो सफलता सम्भव हुन्छ” भन्ने सन्देश दिइन्। उनको प्रस्तुति पश्चात सभाहलभरि प्रशंसा र सम्मान प्रकट गरिएको थियो।

यसै फोरममा रिक्रुटमेन्ट लक्ष्यमा उल्लेखनीय उपलब्धि हासिल गर्ने लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालका अन्य डिष्ट्रिक्ट गभर्नरहरू पनि अन्तर्राष्ट्रिय रूपमा सम्मानित भएका छन्।

सम्मानित हुनेहरूमा डिष्ट्रिक्ट ३२५ ‘आर’ नेपालका डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा (७९%), डिष्ट्रिक्ट ३२५ ‘एस’ नेपालका डिष्ट्रिक्ट गभर्नर विनय बस्नेत (७५%), डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालका डिष्ट्रिक्ट गभर्नर मिलन बाबु मल्ल (६२%) र डिष्ट्रिक्ट ३२५ ‘के’ नेपालका डिष्ट्रिक्ट गभर्नर दुर्गाप्रसाद हुमागाईं (६०%) रहेका छन्।

नेपालका डिष्ट्रिक्ट गभर्नरहरूले हासिल गरेको यस सफलताप्रति गर्व व्यक्त गर्दै लायन्स अन्तर्राष्ट्रियका एल.सि.आई. एफ. एरिया लिडर राजन लम्सालले सामाजिक सञ्जालमार्फत पाँचै जना डिष्ट्रिक्ट गभर्नरहरूलाई बधाई ज्ञापन गरेका छन्। उनले विशेषगरी डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको उपलब्धिको खुलेर प्रशंसा गर्दै डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको नेतृत्वलाई अनुकरणीय बताएका छन्। साथै, उनले लायन्स क्लबहरूलाई सेवा परियोजनासँगै एल.सि.आई. एफ. मार्फत अन्तर्राष्ट्रिय मानवीय अभियानमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका छन्।

उनले डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे तथा सम्पूर्ण डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको यस गौरवपूर्ण सफलताले नेपाली लायन्स आन्दोलनलाई अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त, विश्वसनीय र प्रेरणादायी बनाएको उल्लेख गरेका छन्।

लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालका लागि यो उपलब्धि केवल अवार्डमा सीमित नभई संगठनात्मक क्षमता, नेतृत्व विकास र अन्तर्राष्ट्रिय पहिचानको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यस अवसरमा मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापासहित सम्पूर्ण मल्टिपल डिष्ट्रिक्ट ३२५ परिवारले सम्मानित सबै डिष्ट्रिक्ट गभर्नरहरूलाई सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…