5Shares

पोखरा । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहमा नवराज सापकोटालाई वर्ष उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरिएको छ।

समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले सापकोटालाई नगद रु. ३५ हजार, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो।

उत्कृष्ट कर्मचारी सम्मान प्राप्त सापकोटा हाल पोखरा महानगरपालिका–२६ मा सूचना अधिकारीका रूपमा कार्यरत हुनुहुन्छ। यस वर्ष सापकोटासहित पाँच जनालाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको हो।

यसै अवसरमा पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरिएको छ। उहाँलाई कार्यालयतर्फबाट नगद रु. ५० हजार पुरस्कार प्रदान गरिने महानगरपालिकाले जनाएको छ।

उत्कृष्ट कर्मचारी सम्मान पाउनेहरूमा प्रशासकीय अधिकृतद्वय दीपेन्द्र पण्डित र कृष्णप्रसाद गौतम, सहायक प्रशासकीय अधिकृत सत्यदेवी पहारी, सहायक पाँचौँ नवराज सापकोटा तथा सी.अहेव पाँचौँ विदुर केसी रहनुभएको छ। उहाँहरूलाई जनही नगद रु. ३५ हजार र सम्मानपत्र प्रदान गरिएको हो।

त्यसैगरी कर्तव्यनिष्ठ कर्मचारी सम्मान सी. सब–इन्जिनियर सुमन पराजुली, वरिष्ठ सहायक प्रशासक सरिता बास्तोला, नगर प्रहरी जवान देउकी कार्की, कार्यालय सहयोगी गोविन्द राई तथा सवारी चालक टिकाप्रसाद रिमाललाई प्रदान गरिएको छ। उहाँहरूलाई जनही नगद रु. २५ हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected