२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

लायन्स डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा सर्वोच्च सम्मान

पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपाल भारतको अहमदाबादमा सम्पन्न ५३औँ इशामे  एरिया फोरममा सर्वोत्कृष्ट डिष्ट्रिक्टका रूपमा सम्मानित भएको छ। लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष ए.पी. सिंहको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेलाई अन्तर्राष्ट्रिय मञ्चमै सर्वोत्कृष्ट डिष्ट्रिक्ट घोषणा गर्दै सम्मान प्रदान गरिएको हो। डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको प्रतिनिधित्व गर्दै गभर्नर पाण्डेले उक्त अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी हुन्।

डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालले लायन्स अन्तर्राष्ट्रियको मिसन १.५ अन्तर्गत सदस्यता विस्तार सम्बन्धी प्रतिबद्धतामा १११ प्रतिशत लक्ष्य हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो। गभर्नर पाण्डेले यो सफलता टिमवर्क, रणनीतिक योजना र सेवाभावको प्रतिफल भएको बताइन्।

फोरममा भारतसहित दक्षिण एशिया, अफ्रिका तथा मध्यपूर्वका विभिन्न देशहरूको सहभागिता रहेको थियो। यही अवसरमा गभर्नर पाण्डेले प्रेरणादायी सफलता कथा प्रस्तुत गर्ने अवसरसमेत प्राप्त गरिन्। उनले आफ्नो नेतृत्व यात्रा, सदस्य विस्तारका प्रभावकारी रणनीति, गुणस्तरीय नेतृत्व विकास तथा सेवा संस्कृतिलाई केन्द्रमा राखेर हासिल गरिएको सफलताको अनुभव अन्तर्राष्ट्रिय मञ्चमा साझा गरिन्।

उक्त कार्यक्रममा डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका जीईटी को–अर्डिनेटर भावना बसेल तथा जीएमटी को–अर्डिनेटर नारायण रेग्मी पनि सम्मानित भएका छन्।

गभर्नर पाण्डेले यो उपलब्धि व्यक्तिगत नभई सामूहिक प्रयासको नतिजा भएको उल्लेख गर्दै क्लब अध्यक्षहरू, क्याबिनेट अफिसरहरू तथा अग्रज लायन लिडरहरूको योगदानको खुलेर प्रशंसा गरिन्। साथै, आगामी दिनमा सेवाको दायरा विस्तार, संगठनलाई थप सशक्त र दिगो बनाउने तथा नयाँ पुस्ताका सक्षम लायन नेतृत्व विकासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनको प्रस्तुतिले एशिया तथा अन्य क्षेत्रका लायन्स नेताहरूलाई गहिरो प्रभाव पारेको बताइएको छ। “संगठन विस्तार केवल संख्यामा सीमित होइन; गुणस्तरीय नेतृत्व, सक्रिय सदस्यता र सेवा संस्कृतिको निरन्तरताबाट मात्र दीगो सफलता सम्भव हुन्छ,” भन्ने सन्देशले सभाहलभरि प्रशंसा बटुलेको थियो।

नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नरहरूले पनि यस उपलब्धिप्रति गर्व व्यक्त गर्दै डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले सेवा मार्फत अन्तर्राष्ट्रिय मानवीय अभियानमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न लायन्स क्लबहरूलाई आग्रहसमेत गरेका छन्। नेपालका लागि यो उपलब्धि केवल अवार्डमा सीमित नभई संगठनात्मक क्षमता, नेतृत्व विकास र अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…