
पोखरा । भारतको अहमदाबादमा सम्पन्न ५३औं इशामे फोरमको अन्तर्राष्ट्रिय सम्मेलनमा राजन लम्साललाई लायन वर्ष सन् २०२६ – २८ सम्मका लागि लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टरमा औपचारिक रूपमा परिचय तथा समर्थन (इन्ड्रोर्समेन्ट) गरिएको छ।
लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष ए.पी. सिंहलगाएतको उपस्थिति रहेको समारोहमा आफ्नो उम्मेदवारी मन्तव्य प्रस्तुत गर्दै लम्सालले नेतृत्वको केन्द्रमा युवा सहभागितालाई राखेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका थिए । लम्सालले लायन्स अभियानलाई दीगो र ऊर्जाशील बनाउन युवालाई प्राथमिकतामा राख्दै अवसर, तालिम र नेतृत्व विकासमा जोड दिनु आजको आवश्यकता रहेको भनाई राखेका थिए।
उनले अन्तर्राष्ट्रिय लायन्स नेटवर्कभित्र युवा सशक्तीकरण, सेवा परियोजनामा नवप्रवर्तन, डिजिटल समन्वय तथा क्षेत्रीय सहकार्यलाई आफ्नो कार्यदिशाको मुख्य आधार बनाउने उल्लेख गरेका छन् ।
इशामे फोरममा सहभागी विभिन्न देशका लायन्स नेताहरूले लम्सालको अनुभव, दृष्टिकोण र समावेशी नेतृत्व क्षमताको प्रशंसा गर्दै उनको उम्मेदवारीलाई समर्थन जनाएका थिए। उक्त समर्थनसँगै राजन लम्सालको लायन बर्ष २०२६ – २८ का लागि अन्तर्राष्ट्रिय डाईरेक्टर नेतृत्वतर्फको यात्रा थप सुदृढ बनेको सहभागीहरूको धारणा रहेको छ।











