२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं, पुस १३ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भएका निर्णयहरू तत्काल कार्यान्वयन गर्न पार्टीका सबै तहका समितिलाई निर्देशन दिएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरबाट जारी परिपत्रअनुसार २०८२ पुस १२ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हाल विकसित राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण र अनुशासन कायम राख्ने विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।

पार्टीले हालको राजनीतिक परिवेशमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीभित्र एकता, अनुशासन र लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउने निर्णय गरेको छ। पार्टी हितविपरीत गतिविधिमा संलग्न नहुन तथा अनुशासन उल्लङ्घन गर्ने कुनै पनि कार्य नगर्न सबै तहका नेता–कार्यकर्तालाई सचेत गराइएको छ।

निर्णयअनुसार अघिल्लो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक वा समर्थक बनेका तथा पार्टी हितविपरीत गतिविधि गरेका व्यक्तिमाथि गरिएको कारबाहीको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय भएको छ। यस्ता व्यक्तिहरूको पद नदोहोर्‍याई सक्रिय सदस्यता नवीकरण गरी पार्टीको मूलधारमा ल्याइने जनाइएको छ।

त्यसैगरी, विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र वा अन्य दलबाट उम्मेदवार बनेका, प्रस्तावक–समर्थक बनेका व्यक्तिहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गरिएको छ। फर्किएका साथीहरूलाई क्रियाशील सदस्यता प्रदान गर्दै आवश्यक जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले बौद्धिक, व्यावसायिक तथा विभिन्न क्षेत्रका लोकतान्त्रिक विचारधारा राख्ने व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको नेपाली कांग्रेसले जनाएको छ।

उक्त परिपत्र प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा तहका सबै कार्यसमितिहरूलाई पठाइएको छ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…