२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पदयात्रा पथप्रदर्शकका लागि पोखरामा तीनदिने चरा पहिचान तालिम सम्पन्न

पोखरा, २१ पुस।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि सञ्चालन गरिएको तीनदिने चरा पहिचान तालिम आइतबार सम्पन्न भएको छ।

पदयात्रामा आउने पर्यटकलाई चरासम्बन्धी जानकारी प्रदान गर्न सहज बनाउने उद्देश्यले गण्डकी प्रदेशका विभिन्न पदयात्रा क्षेत्रमा कार्यरत ३६ जना पथप्रदर्शकलाई तालिम प्रदान गरिएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए।

तालिममा नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरिया, काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट (किप) का कार्यकारी सदस्य गोपि श्रेष्ठलगायत पंछीविद्हरूले चरा अवलोकनका विभिन्न पक्षमा सैद्धान्तिक तथा स्थलगत अभ्याससहित प्रयोगात्मक प्रशिक्षण दिएका थिए।

तालिमको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, समाजका सल्लाहकार जीवनराज सापकोटालगायतले सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले पर्यटनका विभिन्न विधामध्ये चरा पर्यटन पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख लामिछानेले कतिपय पर्यटक विशेषगरी चरा अवलोकनका लागि मात्र नेपाल आउने गरेको उल्लेख गर्दै त्यस्ता पर्यटकलाई लक्षित गरी पथप्रदर्शकले यस क्षेत्रमा आवश्यक विज्ञता हासिल गर्नु आवश्यक रहेको बताए।

नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा संलग्न हुन चाहनेले प्रविधिको प्रयोगसँगै गहिरो रुचि र लगाव आवश्यक पर्ने बताए।

समाजका सल्लाहकार जीवनराज सापकोटाले पथप्रदर्शकको क्षमता अभिवृद्धिमा तालिम उपयोगी बनेको विश्वास व्यक्त गरे।

समाजका अध्यक्ष मनशान्त घिमिरेको सभापतित्व तथा कार्यक्रम संयोजक कृपाकुमार गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रशिक्षकद्वय कुसुमकुमारी थापा र दीपेन्द्र चपाइँले तालिमका क्रममा प्राप्त सिकाइ र अनुभवबारे जानकारी गराएका थिए।

कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजन तथा पोखरा पंछी समाजको प्रकाशनमा तयार गरिएको “मिलेनियम पदमार्गमा पाइने चराहरू” शीर्षकको सचित्र पुस्तकको समेत लोकार्पण गरिएको थियो।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…