13Shares

पोखरा – नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष तथा शिक्षासेवी रामप्रसाद शर्माको मंगलबार निधन भएको छ। २०२२ साल चैत २२ गते जन्मिएका शर्माको मंगलबार नै अन्त्येष्टि गरिएको छ। उहाँका श्रीमती, दुई छोरा र तीन छोरी छन्। २०६१–२०७० सालसम्म नेसनल प्याब्सन कास्कीको अध्यक्ष पद सम्हालेका शर्माले संस्थाको स्थापना, गतिशीलता, शैक्षिक उन्नयन र बृत्ति विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी र सचिव प्रेमराज अधिकारीले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ, “उहाँको निधनले संस्थालाई मात्र नभई समग्र देशलाई अपूरणीय क्षति पुगेको छ। एक होनहार शैक्षिक अभिभावक गुमाएको महसुस भएको छ। यस दुःखद घडीमा ब्रम्हलिन आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।”

विज्ञप्तिमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भनी सम्पूर्ण परिवार, आफन्त र शुभेच्छुमा गहिरो समवेदना प्रकट गरिएको छ।

शर्माको सम्झनामा संस्थाका सदस्य विद्यालयहरूले बुधबार शोक सभा गर्नेछन्। साथै उहाँको पाँचौँ दिनको पुण्यतिथिमा २६ गते निवासमा विशेष शोक सभा आयोजना गरिने जानकारी अध्यक्ष अधिकारीले दिएका छन्।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected