32Shares

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित नहुने विश्वास व्यक्त गरेका छन्।

निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनको सन्दर्भ उठाउँदै यस्तो धारणा राखेका हुन्।

शेरबहादुर देउवा नेतृत्वको काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए।

यस सन्दर्भमा उपसभापति शर्माले भने, ‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको जानकारी पाएपछि आयोगसमक्ष केही कुरा स्पष्ट पार्न आवश्यक ठानेर हामी यहाँ आएका हौँ।’

उनले थपे, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय नदिए देशभर आन्दोलन गर्छौँ भन्ने अभिव्यक्ति केहीबेरअघि मात्र पत्रकार सम्मेलनमार्फत आएको हामीले सुनेका छौँ। तर निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुनु हुँदैन र आफ्नो संवैधानिक निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौँ।’

32Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected