लायन्स क्लब पोखरा पिस पाराडाइजको पहलमा जनसिद्ध आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सहयोग
- January 21, 2026
- 441

अन्नपूर्ण, कास्की । लायन्स क्लब अफ पोखरा पिस पाराडाइज, झोवाङ–पोखरा सम्पर्क समाज तथा सूर्यज्योती लाइफ इन्स्योरेन्सको संयुक्त आयोजनामा जनसिद्ध आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ।
बुधबार अन्नपूर्ण गाउँपालिका–५, पुरानो गाउँ, सल्यानस्थित जनसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थीलाई ट्याकसुट, जुत्ता, मोजा, टोपी, खेलकुद सामग्री तथा स्टेशनरी सामग्री वितरण गरिएको हो।
कार्यक्रम लायन्स क्लब अफ पोखरा पिस पाराडाइजका अध्यक्ष गोविन्द बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एडमिनिस्ट्रेटरद्वय युवराज खनाल र टंकराज अधिकारी, झोवाङ–पोखरा सम्पर्क समाजका डिष्ट्रिक्ट चिफ तथा लायन्स क्लब अफ पोखरा पिस पाराडाइजका संस्थापक अध्यक्ष विष्णु प्रसाद ढुंगाना, क्लबका पूर्व अध्यक्ष तथा सूर्यज्योती लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख रामजी प्रसाद बराललगायत क्लबका पूर्व अध्यक्ष पदाधिकारीको, अन्नपूर्ण गाउँपालिका वडा नं. ४ र ५ का जनप्रतिनिधिद्वय पशुपति केसी र राम बहादुर विश्वकर्मा, विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर युवराज खनालले दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीहरूको शैक्षिक तथा भौतिक आवश्यकतामा सहयोग पुर्याउने यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढाउने र शिक्षामा निरन्तरता दिन प्रेरणा मिल्ने बताए।
विद्यालयका प्रधानाध्यापक फडिन्द्र विकले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम भविष्यमा पनि निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे। वडा नं. ४ र ५ का जनप्रतिनिधिद्वय पशुपति केसी र राम बहादुर विश्वकर्मा तथा समाजका सल्लाहकार मन बहादुर लाम्गादेले स्थानीय तह, सामाजिक संघसंस्था र निजी क्षेत्रबीचको सहकार्यले समुदायको समग्र विकास सम्भव हुने धारणा राखे।
कार्यक्रममा स्थानीयवासीसमेत रहेका लायन्स क्लब अफ पोखरा पिस पाराडाइजका अध्यक्ष गोविन्द केसीले आफूले अक्षराम्भ गरेको विद्यालयमा सहयोग गर्न पाएकोमा गर्व महसुस गरेको बताए। अध्यक्ष केसीले विभिन्न संघ–संस्थाहरूको समन्वयमा न्यानो कपडा, स्टेशनरी, जुत्ता तथा भलिबल, नेटजालीलगायत खेलकुद सामग्री वितरण गर्न पाउँदा अत्यन्तै आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै आफ्ना पिताद्वारा स्थापना गरिएको विद्यालयमा उपस्थित सबै अतिथि तथा सहयोगी मनप्रति हृदयदेखि सम्मान व्यक्त गरे।कार्यक्रमको सञ्चालन समाज र क्लबका सचिवद्वय संजय पौडेल र नवराज बस्नेतले गरेका थिए।






सम्बन्धित खवर
















