52Shares

काठमाडौँ । लायन्स क्लब अफ काठमाण्डौं फिनिक्सले महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत शारीरिक अपाङ्गता भएकी एकल महिला अनु राईलाई सिलाई मेशिन सहयोग प्रदान गरेको छ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत एरिया–६, रिजन–१४, जोन–३२ अन्तर्गतको क्लबद्वारा आयोजित उक्त कार्यक्रम मङ्गलबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको क्लबका अध्यक्ष दीपशिखा शर्माले जानकारी दिइन्।

क्लब अध्यक्ष दीपशिखा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मल्टिपल डिस्ट्रिक्ट कोअर्डिनेटर मनबहादुर रोक्काले लाभग्राही अनु राईलाई सिलाई मेशिन हस्तान्तरण गरे। कार्यक्रम क्लबका द्वितीय उपाध्यक्ष यशोदा गुरुङको सक्रिय समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रममा डिस्ट्रिक्ट एडमिनिष्ट्रेटर राजु चालिसे, डिस्ट्रिक्ट कोअर्डिनेटर सरिता श्रेष्ठ, जोन चेयरपर्सन सुमन खरेल शर्मा लगायतको उपस्थिति रहेको थियो। साथै क्लबका सचिव विजय क्षेत्री, सह–कोषाध्यक्ष मेनुका श्रेष्ठ तथा अन्य पदाधिकारी र सदस्यहरूको सहभागिता थियो।

सिलाई मेशिन हस्तान्तरण गर्दै प्रमुख अतिथि रोक्काले यस सहयोगले लाभग्राही महिलाको आयआर्जनमा टेवा पुग्ने र दैनिकीलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

त्यसैगरी डिस्ट्रिक्ट एडमिनिष्ट्रेटर राजु चालिसेले महिला लक्षित आयआर्जनमूलक कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरे।

उक्त सिलाई मेशिन अमेरिका निवासी समाजसेवी भक्त रिजाल तथा उहाँकी आमा तुलसीदेवी रिजालको विशेष सहयोगमा उपलब्ध गराइएको हो।

लायन्स क्लब अफ काठमाण्डौं फिनिक्सले सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि महिला सशक्तीकरण तथा मानव सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

52Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected