सेवा, नेतृत्व र समर्पणको अनुपम उदाहरण : धुलिखेलमा डिष्ट्रिक्ट ३२५ आइ नेपालको ऐतिहासिक तेस्रो क्याबिनेट बैठक सम्पन्न
- February 1, 2026
- 126

धुलिखेल, काभ्रेपलाञ्चोक । सुन्दर पर्यटकीय नगरी धुलिखेलस्थित नगरपालिकाको सभा हलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ, नेपालको ऐतिहासिक तेस्रो क्याबिनेट बैठक भव्य रूपमा सम्पन्न भएको छ । सेवा, नेतृत्व र टिमवर्कलाई व्यवहारमै उतार्दै सम्पन्न बैठकले लायन्स आन्दोलनप्रतिको विश्वास र आकर्षण अझ सुदृढ बनाएको डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले बताइन् ।
डिष्ट्रिक्ट गभर्नर पाण्डेको अध्यक्षता तथा लायन्स अन्तर्राष्ट्रियका पूर्व डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाका का.वा. प्रमुख निराजन जंगम, लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनका एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ एफका गभर्नर केशरबहादुर भण्डारीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी रामबहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा छ्तो मन्तब्य राख्दै प्रमुख अतिथि पूर्व डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले भने, “लायन्स भनेको पद होइन, निरन्तर सेवा र उदाहरणीय नेतृत्व हो ।” त्यस्तै धुलिखेल नगरपालिकाका का.वा. प्रमुख निराजन जंगमले स्थानीय तह र लायन्सबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भने, “यस्ता सेवामूलक गतिविधिले समुदायमा सकारात्मक परिवर्तन ल्याउँछन् ।” यसैगरी लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनका एरिया लिडर राजन लम्सालले भने, “संगठित प्रयास र पारदर्शिताले लायन्सको विश्वसनीयता अझ बढेको छ ।” डिष्ट्रिक्ट ३२५ एफका गभर्नर केशरबहादुर भण्डारीले बैठकको प्रशंसा गर्दै भने, “डिष्ट्रिक्टहरूबीचको सहकार्यले लायनवादलाई अझ बलियो बनाउँछ ।”

स्थापना कालदेखि नै सेवा र नेतृत्वमा अग्रणी रहेका लायन्स क्लब अफ काठमाडौँ रञ्जना, काठमाडौँ रक्तदाता समूह, काठमाडौँ टेम्पल पिस काभ्रे, काठमाडौँ पूर्व क्षितिज काभ्रे, काठमाडौँ इन्द्रेश्वर, काठमाडौँ महाचण्डेश्वरी, काठमाडौँ गोसाइँथान काभ्रे, काठमाडौँ बेथानचोक काभ्रे तथा काठमाडौँ नमोबुद्ध काभ्रेलाई बैठकको होस्ट क्लबको जिम्मेवारी दिइएको थियो ।
बैठकमा लायन्स लिडर, प्रतिनिधि तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अतिथिहरूको स्वागत, बसोबास, दर्ता, किटब्याग व्यवस्थापन तथा कार्यक्रम सञ्चालनमा देखिएको समन्वय, अनुशासन र टिमवर्कका कारण कार्यक्रम सफल भएको गभर्नर पाण्डेले बताइन् ।
उनले भनिन्, “यो बैठक केवल औपचारिक कार्यक्रम होइन, लायनवादको मूल्य र भावनाको जीवन्त प्रतिबिम्ब हो ।”
बैठक व्यवस्थापनमा डिष्ट्रिक्ट चिफ भोला थापा, कार्यक्रम संयोजक धीरज श्रेष्ठ, किटब्याग संयोजक राजु कार्की र केदार न्यौपाने, रजिस्ट्रेशन संयोजक पूर्णबहादुर कार्की सक्रिय रूपमा खटिएका थिए । स्मारिका व्यवस्थापनमा प्रभात फेरी साप्ताहिकको विशेष अङ्क प्रकाशन गरिएको थियो, जसको नेतृत्व प्रल्हाद शर्मा हुमागाईंले गरेका थिए ।
होस्ट क्लबका अध्यक्षहरू तथा सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न यस ऐतिहासिक क्याबिनेट बैठकले काभ्रेपलाञ्चोक मात्र होइन, सम्पूर्ण डिस्ट्रिक्ट ३२५ आइमा सेवामूलक नेतृत्व, सहकार्य र समर्पणको नयाँ मापदण्ड स्थापित गरेको आयोजकहरूको निष्कर्ष रहेको छ ।






सम्बन्धित खवर















