२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खेलकुद

रजत वर्षको उत्सवसँगै आहा! रारा गोल्डकपको तयारी पूरा

पोखरा।  “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने नारासहित सञ्चालन हुँदै आएको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण (रजत वर्ष) यही २०८२ माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरामा आयोजना हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ।

विगत २५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतिष्ठित प्रतियोगिता यस वर्ष पनि सन्ध्याकालीन समयमा सञ्चालन हुनेछ। प्रतियोगिता सुरु हुनुअघि आयोजकले आज पोखरामा अन्तिम पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो।

२५औँ आहा! रारा पोखरा गोल्डकपमा १२ टिमको सहभागिता रहनेछ। जसअन्तर्गत ८ स्वदेशी, ३ विदेशी तथा आयोजक सहारा क्लब पोखरा रहेका छन्। स्वदेशी टिममा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब सहभागी हुनेछन्। विदेशी टिमतर्फ उज्वेकिस्तानको आभा फुटबल क्लब, भारत (सिक्किम) को थण्डरबोल्ट नर्थ युनाइटेड तथा हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी लगायत विभिन्न विधामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। भाग्यशाली दर्शक तथा ‘फ्यान अफ दि म्याच’ का लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

सिजनल टिकटको मूल्य १ हजार २०० रुपैयाँ तोकिएको छ भने जर्सीसहित सिजनल टिकट ३ हजार रुपैयाँमा उपलब्ध हुनेछ। खेलअनुसार साधारण टिकट दर १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म कायम गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि. (आहा तथा रारा तयारी चाउचाउ) रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगितामा विभिन्न संघ–संस्था, व्यवसायिक घराना तथा खेलप्रेमीहरूको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्नेछ।

यसैबीच, सहारा क्लब पोखराले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान यस वर्ष राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राई लाई प्रदान गरिने जानकारी दिएको छ। साथै, आहा! रारा पोखरा गोल्डकपलाई २५औँ संस्करणसम्म आइपुग्न महत्वपूर्ण योगदान पुर्‍याउने २५ जना व्यक्ति तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिने कार्यक्रम पनि तय गरिएको आयोजकले जनाएको छ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…