२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

हेड्स नेपाल गण्डकीको चौथो अधिवेशन सम्पन्न, हरिप्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित

पोखरा । हेड्स नेपाल गण्डकी प्रदेशको चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ । पोखरा महानगरपालिका–११, कार्की डाँडामा सम्पन्न अधिवेशनबाट हरिप्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद भण्डारी, उपाध्यक्षमा अर्जुनप्रसाद श्रेष्ठ, महासचिवमा तिलकप्रसाद तिवारी, सचिवमा माधवप्रसाद आचार्य र कोषाध्यक्षमा डोलप्रसाद लम्साल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा कृष्णप्रसाद सापकोटा, रामबहादुर बस्नेत, अमृतप्रसाद पोख्रेल, सुमनकुमार श्रेष्ठ, दुर्गा मर्सनी, भीमप्रसाद पौडेल, उज्ज्वल अधिकारी, सरस्वती अधिकारी भण्डारी र सुमन कतिला श्रेष्ठ चयन भएका छन् । साथै, दुई सदस्य पछि मनोनयन गर्ने निर्णयसँगै कार्यसमिति १७ सदस्यीय रहने जनाइएको छ ।

अधिवेशनको प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा सामाजिक एवम् प्राज्ञिक व्यक्तित्व दिपेन्द्रबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो । प्रमुख अतिथि क्षेत्रीले सामाजिक सेवामा समर्पित संस्थाहरूले मानवता र समाज निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै हेड्स नेपालको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा हेड्स नेपालका परिकल्पनाकार प्रतापराज वन्तले संस्थाले विगत तीन दशकदेखि “दिलो ज्यानले मानव समुदायको सेवा गरौं” भन्ने मूल भावका साथ सामाजिक तथा परोपकारी कार्य गर्दै आएको जानकारी गराए । उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा संस्थाले आफ्नो अभियानलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, प्रतिनिधि तथा सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको थियो ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…