19Shares

कास्की । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले आफ्नो चुनावी प्रचार अभियानलाई तीव्र बनाएको छ। अभियान अन्तर्गत मंगलबार मादी गाउँपालिका वडा नम्बर ११ र १२ का विभिन्न टोलमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाली कांग्रेसका उम्मेदवार तिलक रानाभाटले आफ्नो चुनावी एजेण्डासहित घरदैलो अभियानलाई ‘संवाद यात्रा’ का रूपमा अगाडि बढाएका छन्। उनले उपल्लो सारले, तोबी, सयमर्याङ, वार्चोक, खिमाजे, बरालडाँडा लगायतका स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास र समृद्धिका विषयमा धारणा राखेका थिए।

भेटघाट कार्यक्रममा बोल्दै रानाभाटले बदलिएको र सचिएको कांग्रेस अब देशको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे। उनले आगामी नेतृत्व गगन थापाको हातमा सुम्पिने तयारीसहित पार्टी अगाडि बढिरहेको उल्लेख गर्दै विकास, सुशासन र प्रविधिमैत्री नीतिमार्फत देशलाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गरे।

“अब विकासका एजेण्डा र भविष्य नेपाली कांग्रेससँग मात्र छ,” उनले भने, “सबैले रुखमा मतदान गरेर कांग्रेसलाई विजयी गराउन सहयोग गर्नुहोस्।”

कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले मादीको उत्पादन र माटो चिनेका उम्मेदवार रानाभाटलाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जीवन परियारले कांग्रेसले अब युवा शक्ति र प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।

त्यसैगरी स्थानीय नेता प्रेम तामाङ, कृष्णचन्द्र बराल, दिपेन्द्र ढकाल लगायतले मादीको समग्र विकासका लागि तिलक रानाभाट नै उपयुक्त उम्मेदवार रहेको बताएका थिए।

कांग्रेसले आगामी दिनमा पनि घरदैलो तथा संवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected