0Shares

पोखरा, १५ फागुन । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले पोखरा–११ स्थित काँहुकोटलाई पोखराको पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रसस्त मात्रामा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने बताएका छन् ।

काँहुकोटमा शनिबार घरदैलो गर्दै उम्मेदबार बास्तोलाले यहाँबाट अन्नपूर्ण हिमश्रृंखला, धौलागिरि हिमाल, लमजुङ हिमाल र पोखराको बजारको आँखै अगाडि देख्न सकिने भएकाले काँउकोट पर्यटकीय दृष्टिकोणले अन्त्यन्तै महत्वपूर्ण मानिन्छ, उनले भने –काहुँकोटमा प्रसिद्ध ऐतिहासिक धरहरा र जंगलैभरि लालीगुँरासका फूलहरु देख्न सकिने भएकाले पर्यटकलाई लोभ्याउन सकिन्छ ।

त्यसैगरी उम्मेदवार बास्तोलाले काँहु, भञ्ज्याङ पोखरा–११ कै फूलवारी, रानीपौवा, पुरानोधारा लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी उम्मेदवार वास्तोलाको निजी सचिव सूर्य घिमिरेले दिए ।

Screenshot

उम्मेदवार बास्तोलाले प्रजातन्त्रका लागि वि.स.२००७ सालदेखि लड्दै आएको नेपाली काँग्रेसले खुल्ला अर्थतन्त्र नीति अवलम्बन गर्दै समाजवाद तर्फ उन्मुख रहेको बताए । उनले प्रजातन्त्र, व्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायलयका विरुद्धमा काँग्रेसले कसैसँग सम्झौता नगर्ने र देशमा कुनैपनि संकट पर्दा त्यसको समाधानको जिम्मा काँग्रसले लिर्दै आएको उल्लेख गरे ।

उनले नेपाली जनताले मुख्य माग सुशासन, स्वतन्त्रता र सामाजिक सञ्जालको पक्षमा आफूले सधै संसदमा आवाज उठाउने बताउँदै उनले विशेष महाधिवेशनबाट काँग्रेस बदलिएको र अब देश बदल्ने योजनाका साथ काँग्रेस अगाडि बढेको कुरा स्पष्ट पारे । काँग्रेस बदल्यौ अब देश बदल्छौ, उम्मेदवार बास्तोलाले विशेष महाधिवेशनबाट युवालाई नै सभापति र प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छौ, उनले भने– युवाहरुको ढुकढुकी गगन थापाले सुशासनका पक्षमा आवाज उठाउन सुरु गरेका छन् ।

घरदैलो कार्यक्रममा मतदाताहरुको सुझाव संकलन गर्ने कार्य भइरहेको बताउँदै निजी सचिव घिमिरेले पोखरा–११ उम्मेदवार बास्तोलाको आफ्‌नै वडा भएकाले पनि अधिकांश मतदाता उत्साहित भएको जानकारी दिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected