0Shares

काठमाडौँ। सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत्र १९ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकले चैत्र १९ गते बिहीबार अपरान्ह २ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसैगरी, सरकारले संविधान संशोधनका लागि बहस अघि बढाउन एक कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। उक्त कार्यदल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा रहनेछ भने संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरू सदस्यका रूपमा सहभागी हुनेछन्।

प्रवक्ता पोखरेलका अनुसार संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले सबै दलको सहभागितामा कार्यदल गठन गरिनेछ । कार्यदलले व्यापक छलफल गरी राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्नेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected