0Shares

पोखरा । अन्नपूर्ण केवलकार लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। शुक्रबार आयोजित उक्त सभा कम्पनीका अध्यक्ष कालु गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।

सभामा कम्पनीका सञ्चालक, शेयरधनी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा पूर्व सञ्चालक आजाद श्रेष्ठले स्वागत मन्तव्य राख्दै साधारण सभाको महत्व तथा कम्पनीले हालसम्म हासिल गरेका उपलब्धिबारे प्रकाश पारेका थिए ।

महाप्रबन्धक दिनेश पौडेलले कम्पनीका गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी दिएका थिए। उनले केवलकार परियोजनाको प्रगति, सेवा विस्तारका योजनाहरू तथा भावी रणनीतिबारे जानकारी गराउँदै लगानीकर्ताहरूलाई आश्वस्त पारेका थिए ।

साधारण सभामा प्रस्तुत वासलात तथा नाफा–नोक्सानी सम्बन्धी प्रतिवेदनमाथि शेयरधनीहरूले जिज्ञासा राखेका थिए। उठेका प्रश्नहरूको जवाफ अध्यक्ष गुरुङले दिएका थिए। छलफलपछि आर्थिक प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected