0Shares

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउवाले आफूमाथि र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान भइरहेको भन्ने विषयमा सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले उक्त विषयमा सञ्चारमाध्यममा आएका समाचारहरू भ्रामक र झुटा प्रचार भएको दाबी गरेका छन्। उनले नेपालका विद्यमान कानुनअनुसार आफूले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिसकेको जानकारी दिएका छन्।

देउवाले लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन ‘खुला पुस्तक’ जस्तै रहेको बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो भूमिकालाई पनि स्मरण गराउँदै २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गराउने क्रममा आफू अग्रसर रहेको बताएका छन्।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले उपचार जारी रहेको जानकारी गराउँदै वास्तविकता समयक्रमसँगै बाहिर आउने विश्वास व्यक्त गरेका छन्। साथै, उनले अतिरञ्जित विवरणहरूबाट भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected