
काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो सम्मान हात पारेका हुन्।
यसअघि पनि डाक्टर रमिल अधिकारी ले म्युजिक खबर अवार्ड र राष्ट्रिय राप्ती म्युजिक अवार्ड जितिसकेका छन्। सगरमाथा म्युजिक अवार्ड उनको तेस्रो राष्ट्रिय स्तरको उपलब्धि हो।
‘वाचा गरौँ’ गीतमा सुगम पोखरेल र अन्जु पन्त को सुमधुर स्वर रहेको छ भने संगीत ज्ञानेन्द्र गिरी ले भरेका छन्। गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाएको छ।
गीतकार अधिकारीका ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’ र ‘जिउने चाहना’ जस्ता गीतहरू यसअघि नै लोकप्रिय भइसकेका छन्। हाल न्यूजिल्याण्डमा बसोबास गर्दै आएका उनले सिर्जना गरेका गीतहरूलाई दर्शकले निरन्तर रुचाउँदै आएका छन्।




























