अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक गर्यों ६५ करोड ५० लाखको बजेट(पूर्ण पाठसहित)

पोखरा, असार १० — “कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार” भन्ने मूल नारासहित अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड ५० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँसभाको २०औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले प्रस्तुत गरेको बजेटअनुसार चालुतर्फ ४८ करोड १४ लाख ५३ हजार रुपैयाँ तथा पूँजीगततर्फ १७ करोड ४४ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालका अनुसार सीमित स्रोत–साधनका बीच सन्तुलित कार्यक्रम तथा बजेट निर्माण गर्ने प्रयास गरिएको छ। स्वास्थ्य बीमा, बालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि, कर्मचारी तलबमा भएको बढोत्तरी तथा शिक्षा, कृषि र पशु विकास क्षेत्रमा लगानी बढाउनुपरेकाले आर्थिक दायित्वमा थप चाप परेको उनले बताए। यसले पूर्वाधार विकासका लागि अपेक्षित बजेट विनियोजन गर्न कठिनाइ उत्पन्न गरेको भए पनि गाउँपालिकाले आन्तरिक आय वृद्धि गर्न उल्लेखनीय प्रयास गरेको उनको भनाइ छ।
बजेटले गाउँपालिकाका सबै वडालाई मध्यपहाडी लोकमार्गसँग जोड्ने सडक सञ्जाल विस्तार, बाह्रै महिना सञ्चालनयोग्य सडक पहुँच निर्माण तथा पुल र सडक स्तरोन्नति कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। यी कार्यक्रमका लागि समपूरक अनुदानसहित ११ करोड २६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब १७.२ प्रतिशत हो।

यसअघि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई समृद्धिका प्रमुख आधारस्तम्भका रूपमा अघि सारिएको थियो।
“समृद्ध अन्नपूर्ण, सुखी अन्नपूर्णवासी” भन्ने दीर्घकालीन लक्ष्यलाई आत्मसात् गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास, सीपमूलक तथा व्यावसायिक शिक्षाको विस्तार र युवा प्रतिभा विकासका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।
त्यस्तै कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, ऊर्जा विकास तथा स्थानीय उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमार्फत गाउँपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ। संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजस्व बाँडफाँट तथा अन्य अनुदानमा कटौती भए पनि स्थानीय स्रोतको अधिकतम परिचालन, आन्तरिक आम्दानी वृद्धि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरी विकासलाई निरन्तरता दिने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ।

अधिवेशनमा उपाध्यक्ष तथा न्यायिक समिति संयोजक चन्द्रकला देवकोटा अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्षभर ५३ वटा उजुरी दर्ता भएकामध्ये ८३ प्रतिशत उजुरीको सफल निरूपण तथा फर्स्योट गरिएको छ।
यस्तै लेखा समितिका संयोजक पीताम्बर भण्डारीले लेखा समितिको प्रतिवेदन तथा विधायन समितिका संयोजक एकदेव देवकोटाले आर्थिक बिधेयक-२०८३ सभामा प्रस्तुत गरेका थिए।
गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, चालु तथा पूँजीगत बजेट र चालु आर्थिक वर्षको आय–व्यय विवरण सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बजेटको पूर्ण पाठ
श्रद्धेय अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, पत्रकारतथा सुरक्षाकर्मीहरु सबैमा यस अन्नपूर्ण गाउँपालिकाको आगामी आ.व. २०८३/०८४ को वजेट प्रस्तुत गर्न आयोजित यस सम्मानित सभामा हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु । आज हाम्रो गाउँपालिकाका युवा पुस्ता, महिला वर्ग र आम नागरिकहरूको अपेक्षा र आकांक्षाको केन्द्रमा राखेर यो बजेट तर्जुमा गरिएको छ।
सर्वप्रथम नेपालको युगान्तकारी परिवर्तन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको निम्ति विभिन्न चरणका ऐतिहासिक जन-आन्दोलनहरूमा, राष्ट्र र जनताको लागि आफ्नो जीवन समर्पण गर्नुहुने ज्ञात अज्ञात वीर सहिदहरु प्रति सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भई पाचौँ पटक बजेट प्रस्तुत गर्ने क्रममा आगामी आ.व. २०८३/०८४ कालागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई गर्व र उत्तरदायित्वको गहिरो अनुभूति भएको छ। विगतका वर्षहरूका अनुभव र सिकाइलाई प्रयोग गर्दै, विशेषगरी युवा पुस्ताको रोजगारी, उद्यमशीलता र डिजिटल अवसरलाई केन्द्रमा राखेर यस वर्ष परिष्कृत रूपमा बजेट ल्याउने जमर्को गरेका छौं।
अन्नपूर्ण गाउँपालिकाको समग्र विकासको खाका तयार गर्नका लागि नीति कार्यक्रम तथा बजेट तर्जुमाका विभिन्न चरणहरुमा सहयोग पुर्याउनुहुने हाम्रो गाउँपालिकाका श्रद्धेय अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु तथा गाउँपालिकाबासी दाजुभाइ, दिदीबहिनीहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
गाउँपालिकाको आ.व. २०८२/०८३ लगायत गत विगत वर्षका बजेट तथा कार्यक्रम सफल कार्यान्वयनका लागि अहम भुमिका खेल्नु हुने जनप्रतिनिधीज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु र सम्बन्धीत सबै पक्षमा हार्दिक आभार व्यक्त गर्दछु ।
नेपालको संविधान २०७२ मार्फत संघीयता संस्थागत गरी कार्यान्वयनको चरणमा छौं । वर्तमान समयमा युवा वर्गको बेरोजगारी, विदेश पलायन र जलवायु परिवर्तनको प्रभाव हाम्रो पालिकाका लागि प्रमुख चुनौती बनेका छन् । यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै ‘समृद्ध अन्नपूर्ण गाउँपालिका‘ बनाउने संकल्प गरेका छौं ।
अधिकारमा आधारित विकासको अवधारणा अनुसार स्थानीय बासीहरुलाई विकासमा मूल प्रबाहिकरण गर्ने र गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने अवस्था सुनिश्चित गर्नका लागि जनताको सबैभन्दा नजिकको सरकारको रुपमा प्रत्यक्ष सरोकारका उल्लेखित विषयहरुलाई सम्बोधन गर्नका लागि गाउँपालिकाबाट घोषित लक्ष्य र उद्देश्यका साथ जनताबाट प्राप्त भएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्नका लागि यस पालिकालाई “कृषि, पर्यटन, उर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार” को दीर्घकालिन लक्ष्य तय गरी नेपालको संविधान २०७२ को अनुसुची ८ र ९ मा उल्लेखित स्थानीय तहको एकल तथा साझा अधिकार सूची, संघीय र प्रदेश सरकारले प्रदान गरेको बजेट सिलिङ, स्थानीय सरकार संचालन ऐन २०७४, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७८, अन्नपूर्णगाउँपालिकाको आवधिक द्वित्तीय पञ्चवर्षीय योजना२०८१/०८२-२०८५/०८६, मध्यकालीन खर्च संरचना, गण्डकी प्रदेश सरकारको ऐन, नियम, नीति तथा कार्यक्रम, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शनहरु, दिगो विकासका लक्ष्यहरु, क्षेत्रगत राष्ट्रिय नीतिहरु तथा यस गाउँपालिकाबाट पारित नीति तथा कार्यक्रमहरु, पालिकाका सङ्कल्प तथा नीतिगत परिकल्पना, विद्वत समुदाय र जनस्तरबाट प्राप्त राय- सुझाव, स्थानीय स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र विभिन्न माध्यमहरुबाट गरिएको प्रतिवद्धता एवम् घोषणा तथा गाउँ कार्यपालिकाका निर्णयहरु बमोजिम सहभागितामुलक योजना तर्जुमाप्रकृयाका चरणहरु अवलम्वन गरी आगामी आ.व. २०८३/०८४ का लागि यो बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
यस गाउँपालिकाको आगामी आ.व. को लागि कायम हुने बजेट सीमा भित्र रही कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न आर्थिक विधेयक, २०८३ सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न विनियोजन विधेयक २०८३, वार्षिक विकास कार्यक्रम२०८३ पेस गरेको छु ।
चालु आ.व. मा संघीय सरकारबाट समानीकरण अनुदानमा गरिएको कटौतीका कारण सम्पन्न भएका कतिपय विकास योजनाहरुको भुक्तानीमा चुनौती थपिएको छ । यस कारण हामीले पालिकाको आन्तरिक आम्दानी बढाउँदै स्थानीय श्रोतको पहिचान र परिचालन गर्दै जन आकांक्षाहरुको सम्बोधन गर्न प्रयत्न गर्नुपर्ने अवस्था छ । संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमै रहेकोले अन्तर सरकारको समन्वयलाई मजबुत र प्रभावकारी बनाउदै गाउँपालिकालाई प्राप्त सिमित स्रोत साधन समूचित उपयोग गरी सबै क्षेत्रहरुलाई समेटि समयमै कार्यान्वयन गर्न सक्ने गरी वजेटबाँडफाड गरिएको छ ।
बजेटका उद्देश्यहरु
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको मुख्यउद्देश्यहरु देहाय बमोजिम रहेका छन् ।
बजेटका प्राथमिकताहरू
सम्मुनत र समृद्ध अन्नपूर्ण निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले अनुशरण गरेको “कृषि, पर्यटन, उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार” भन्ने दिर्घकालीन दृष्टिकोणलाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८३/०८४ को बजेटमा देहायका क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु ।
श्रद्धेय गाउँसभा अध्यक्षज्यू तथा गाउँसभा सदस्यज्यूहरु
अब म अन्नपूर्ण गाउँपालिकाको आर्थिक विधेयक २०८३सम्मानित गाउँसभा समक्ष प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
प्रस्तावनाः अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानिय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न बाञ्छनिय भएको,
नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम सम्मानित सभा समक्ष यो विधेयक पेस गरेको छु ।
श्रद्धेय सभाध्यक्ष महोदय,
म आगामी आ.व.को बजेट प्रस्तुत गर्नुभन्दा अगाडि गत आ.व. २०८१/०८२ को यथार्थ आय व्यय विवरण र चालु आ.व. २०८२/ ०८३ को संशोधित आय/व्यय विवरण संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।
|
प्रगती विवरण |
|
|||||
|
क्र.स. |
विवरण |
आ.व. २०८१/०८२को यथार्थखर्च |
प्रगती प्रतिशत |
आ.व. २०८२/८३ कोसंशोधित अनुमान |
हालसम्मको प्रगती प्रतिशत |
|
|
१ |
चालु खर्च |
३८ करोड ४०लाख ५४हजार ५ सय ४७.९५ |
८७.२८ % |
३३ करोड ८३लाख ४ हजार ४१८.२८ |
७४.९५ % |
|
|
२ |
पुँजिगत खर्च |
१५ करोड १३लाख ५८हजार ५ सय २२.०० |
८४.५८ % |
१० करोड २४लाख ७७हजार ४६२.०० |
४६.२१ % |
|
|
जम्मा |
५३ करोड ५४ लाख १३हजार ६९.९५ |
८६.५० % |
४४ करोड ०७लाख ८६हजार ८ सय ८०.२८ |
६५.४८ % |
|
|
अब म यस अन्नपूर्ण गाउँपालिकालाई आगामी आ.व. २०८३/०८४ को लागि स्रोत अनुमान तथा बजेटको सीमा निर्धारण समितिबाट कायम हुन आएको कुल वजेट रकम रु. ६५करोड ५० लाख ।- को शिर्षकगत आय विवरण देहाय बमोजिम प्रस्तुत गरेको छु । गत विगत आर्थिक वर्षको यथार्थ वित्तिय प्रगतीको समिक्षाका आधारमा आगामी आर्थिक वर्ष २०८३/०८४ मा वित्तिय प्रगती ९० प्रतिशत पुग्ने लक्ष्य लिएको छु ।
|
आर्थिक वर्ष २०८३/८४ को आय/व्यय अनुमान |
||||||
|
क्र.स. |
आय विवरण |
रकम रु |
क्र.स. |
ब्याय विवरण |
रकम रु |
|
|
१ |
संघियसमानिकरण |
११ करोड ७२ लाख |
१ |
संघियसशर्त अनुदान |
३१ करोड ६४ लाख |
|
|
२ |
संघिय राजस्व बाँडफाँड |
१२ करोड २८ लाख १३हजार |
२ |
संघियसमपुरक अनुदान |
७० लाख |
|
|
३ |
सघियसमपुरक अनुदान |
७० लाख |
३ |
कार्यालयसंचालन तथा प्रशासनिक खर्च |
२ करोड १०लाख |
|
|
४ |
संघिय विशेष अनुदान |
२ करोड १०लाख |
४ |
विषयगतखर्च |
१० करोड ६० लाख |
|
|
५ |
संघिय सशर्त अनुदान |
३१ करोड ६४ लाख |
५ |
संघियविशेष अनुदान |
१९ करोड ४६ लाख |
|
|
८ |
प्रदेशसमानिकरण |
१ करोड ३३लाख २४हजार |
६ |
प्रदेशसमपूरक अनुदान |
६० लाख |
|
|
६ |
प्रदेश राजश्व बाडँफाडँ |
१ करोड ६लाख ३७हजार ४८१ .५० |
७ |
प्रदेशविशेष अनुदान |
४० लाख |
|
|
८ |
प्रदेशसमपूरक अनुदान |
६० लाख |
८ |
|
|
|
|
९ |
प्रदेश विशेष अनुदान |
४० लाख |
९ |
|
|
|
|
१० |
आन्तरिक आय |
३ करोड ५०लाख |
१० |
|
|
|
|
११ |
गत बर्षकोअल्या |
१६ लाख २५हजार ५१८.५० |
|
|
|
|
|
|
|
६५ करोड ५० लाख |
|
|
६५ करोड ५० लाख |
|
श्रद्धेय सभाध्यक्ष महोदय,
माथि उल्लेखित प्रस्तावित आयको विवरण अनुसारको आगामी आ.व २०८३/०८४ को व्ययको लागि विषयगत समिति अन्तर्गत क्षेत्रगत बाँडफाँड देहाय बमोजिम हुने गरी प्रस्ताव गरेको छु ।
सुशासन तथा संस्थागत विकास
(मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजस्व परिचालन, वित्तिय व्यवस्थापन संस्थागत, वित्तिय जोखिम न्युनिकरण सार्वजनिक सुनुवाइ सामाजिक परिक्षण आन्तरिक लेखा परिक्षण तथा आन्तरिक नियन्त्रण प्रणाली अन्तिम लेखा परिक्षण तथा बेरुजु फर्छयौट सेवा प्रवाह मापदण्ड निर्धारण, सेवा प्रवाहमा विद्युतिय सूचना प्रविधिको प्रयोग, नागरिक सन्तुष्टी सर्वेक्षण र अन्तरनिकाय समन्वय)
|
१ |
सामाजिक परीक्षण |
१ लाख |
|
२ |
सार्वजनिक सुनुवाई चौमासिक |
३ लाख |
|
३ |
कर्मचारी अवकाश कोष |
४८ लाख |
|
४ |
गाउँपालिका विशेष कार्यक्रम एवम् दिवस |
४ लाख |
|
५ |
मेलमिलापकर्ताको अभिमुखीकरण तथा तालिम |
४ लाख |
|
६ |
पदाधिकारी तथा कर्मचारी क्षमता विकास |
१ लाख |
|
७ |
पर्यटन सुचना केन्द्र संचालन तथा लागत साझेदारी कार्यक्रम समेत |
४ लाख |
|
८ |
सूचना प्रविधि अध्यावधिक |
२ लाख |
|
९ |
उपभोक्ता समिति तथा टोल विकास समितिको तालिम तथा अभिमुखीकरण |
२ लाख |
|
१० |
न्यायिक समिति तथा न्यायिक निरुपण कार्यक्रम |
४ लाख |
|
११ |
सुचनामुलक होर्डिङ्ग बोर्ड |
२ लाख |
|
|
जम्मा |
७५ लाख |
पूर्वाधार विकास
(सडक तथा पुल सिंचाई भवन तथा सहरी विकास उर्जा लघु तथा साना जलविधुत संचार)
|
१ |
स्थानीय सडक मर्मत संभार कोष |
गापा |
५० लाख |
|
२ |
स्थानीय झोलुङ्गे पुल साझेदारी कार्यक्रम |
गापा |
२० लाख |
|
३ |
गाउँपालिका केन्द्र जग्गा प्राप्ती तथा पुर्वाधार निर्माण |
गापा |
६० लाख |
|
४ |
गत आ.व को दायित्व बाँकी |
गापा |
२ करोड ५० लाख |
|
५ |
पदमार्ग\सिढिबाटो निर्माण |
गापा |
१० लाख ४७हजार |
|
६ |
लागत साझेदारीमा वडागत सिचाई योजना |
गापा |
१५ लाख |
|
७ |
अधुरो आयोजना |
गापा |
२५ लाख |
|
८ |
शहिद पार्क निर्माण |
गा पा |
३ लाख |
|
९ |
प्यलु संघ क्होइबो धि |
गा पा |
१५ लाख |
|
११ |
लुम्ले तान्चोक भिच्चुक लान्द्रुक ग्रामिण सडक स्तरोन्नती |
|
१ करोड |
|
१२ |
पालिकास्तरिय योजनाहरु |
|
६८ लाख |
|
|
|
|
९करोड१६लाख ४७हजार |
वातावरण तथा विपद व्यवस्थापन
(वन तथा भुसंरक्षण जलाधर संरक्षण वातावरण संरक्षण जलवायु परिवर्तन फोहोरमैला व्यवस्थापन जल उत्पन्न प्रकोप नियन्त्रण विपद व्यवस्थापन वारुण यन्त्र संचालन sanitary land fill sites)
|
१ |
संयुक्त सहयोग कार्यक्रम (पाइप खरिद) |
५० लाख |
|
२ |
तार जाली तथा ग्याबिन खरिद |
|
|
३ |
भूक्षय तथा पहिरो नियन्त्रण |
|
|
४ |
ल्यान्डफिल साईट सम्भाव्यता अध्ययन |
|
|
५ |
विपद व्यवस्थापन कोष |
|
|
६ |
फोहोरमैला व्यवस्थापन |
१० लाख |
|
७ |
विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (यन्त्रिक पुल गापा भवन डिपिआर लगायत) |
२० लाख |
|
८ |
विपद पूर्व तयारी कार्यक्रम लगायत |
२ लाख |
|
|
जम्मा |
८२ लाख |
आर्थिक विकास
(कृषि उद्योग तथा वाणिज्य पर्यटन सहकारी वित्तिय क्षेत्र)
|
१ |
उद्योग वाणिज्य तथा वित्तिय संस्था |
गा पा |
१ लाख |
|
२ |
सहकारी विकास शाखा |
गा पा |
३ लाख |
|
३ |
पशु सेवा शाखा |
गा पा |
३५ लाख |
|
४ |
कृषि शाखा |
गा पा |
३५ लाख |
|
५ |
एक घर एक करेसाबारी कार्यक्रम |
गा पा |
१ लाख |
|
६ |
दुग्ध, चल्ला तथा पशुपालन अनुदान |
गापा |
२० लाख |
|
५ |
कोसेली घर स्थापना तथा संचालन |
गा पा |
५ लाख |
|
७ |
पशु बिमा |
गापा |
१ लाख |
|
८ |
हरितालिका तिज विशेष मेला कार्यक्रम, ढिकुरपोखरी |
वडा नं १-३ |
५ लाख |
|
९ |
कोदो महोत्सव, भदौरे |
वडा नं ४ |
५ लाख |
|
१० |
शितलगुफा धार्मिक महोत्सव |
वडा न ५ |
२ लाख |
|
११ |
कविता गाउ लुम्ले |
वडा नं ६ |
२ लाख |
|
१२ |
प्रविण गुरुङ्ग गायन प्रतियोगिता लुम्ले |
वडा नं ८ |
२ लाख |
|
१३ |
फागु महोत्सव, बिरेठाँटी तथा तिज मेला मोहोरिया |
वडा नं ७-११ |
२ लाख |
|
१४ |
हनि हन्टिङग महोत्सव, |
वडा नं १०-११ |
२ लाख |
|
१५ |
अन्नपूर्ण म्याराथुन, घान्द्रुक |
वडा नं १०-११ |
५ लाख |
|
१६ |
घान्द्रुक पर्यटन महोत्सव |
वडा न ११ |
५ लाख |
|
१७ |
सेन्चुरी ल्होसार महोत्सव |
गा पा |
५ लाख |
|
१८ |
तमु धि ल्होसार महोत्सव |
गा पा |
२ लाख |
|
१९ |
अन्नपुर्ण हाटबजार तथा व्यापार मेला |
गा पा |
३ लाख |
|
२० |
अन्य पर्व मेला महोत्सव |
गा पा |
१ लाख |
|
२१ |
होमस्टे प्रवर्द्धन कार्यक्रम |
|
३ लाख |
|
२२ |
साईकल ट्रयाक स्तरोन्नती |
|
३ लाख |
|
|
जम्मा |
|
१ करोड ४८लाख |
सामाजिक विकास
(शिक्षा स्वास्थ्य खानेपानी तथा सरसफाई संस्कृति प्रवद्धन लैगिक समानता तथा समाजिक समावेशीकरण)
|
१ |
शिक्षा विकास कार्यक्रम |
गापा |
२५ लाख |
|
२ |
SEE मा शतप्रतिशत उत्तीर्ण विद्यालयलाई प्रोत्साहन अनुदान |
गापा |
५ लाख |
|
३ |
स्वास्थ्य सेवा कार्यक्रम |
गापा |
३० लाख |
|
४ |
दरबन्दी नभएका ईसिडी शिक्षक लगायतको तलब अनुदान |
गापा |
१० लाख |
|
५ |
सरकारी विद्यालयका विद्यार्थिलाई छात्रवास संचालन अनुदान |
गापा |
५ लाख |
|
६ |
स्वास्थ्य बिमा कार्यक्रम |
गापा |
९० लाख |
|
७ |
सट्टा शिक्षक |
गापा |
१ लाख |
|
८ |
निजि शिक्षक पोशाक भत्ता |
गापा |
३ लाख |
|
९ |
प्रधानाध्यापक प्रोत्साहन भत्ता |
गापा |
३ लाख १२ हजार |
|
१० |
प्रति विद्यार्थी रु ५ का दरले दिवा खाजा रकम थप |
गापा |
२२ लाख ५० हजार |
|
११ |
स्वास्थ्य शिविर संचालन खर्च |
गापा |
५ लाख |
|
१२ |
घान्द्रुक स्वास्थ्य चौकीमा ल्याब स्थापना तथा संचालन |
गापा |
४ लाख |
|
१३ |
जेष्ठ नागरिक धार्मिक स्थल भ्रमण |
गापा |
३ लाख |
|
१४ |
स्वंयसेविका यातयात भत्ता थप |
गापा |
११ लाख |
|
१५ |
शिक्षक, ईसिडी शिक्षक तथा विद्यालय कर्मचारी तलब थप |
गापा |
१ करोड ५५ लाख ३ हजार |
|
१६ |
उपाध्यक्षसँग महिला कार्यक्रम तथा बालबालिका लक्षित कार्यक्रम |
गापा |
२० लाख |
|
१७ |
दलित क्षमता विकास तथा सशक्तिकरण कार्यक्रम |
गापा |
५ लाख ५० हजार |
|
१८ |
आदिवासी जनजाती क्षमता विकास तथा सशक्तिकरण कार्यक्रम |
गापा |
५ लाख ५० हजार |
|
१९ |
युवा तथा खेलकुद कार्यक्रम |
गापा |
५ लाख |
|
२० |
जेष्ठ नागरिक तथा अपाङ्ग लक्षित कार्यक्रम |
गापा |
२ लाख |
|
२१ |
एकल महिला क्षमता विकास तथा सामाजिक सुरक्षा कोष |
गापा |
२ लाख |
|
२२ |
सामाजिक कुरिति उन्मूलन एवम् लैंगिक उत्तरदायी बजेट परिक्षण |
गापा |
१ लाख |
|
२३ |
अति विपन्न तथा असाहय अनाथ हिंसामा परेको सहयोग कोष |
गापा |
१ लाख |
|
२४ |
अन्नपूर्ण गाउँपालिका विभिन्न खानेपानी योजना |
गापा |
३० लाख |
|
२५ |
आयुर्वेद कार्यक्रम |
गापा |
५ लाख |
|
२६ |
प्राविधिक तथा उच्च शिक्षा छात्रवृत्ति (विपन्न) |
गा पा |
१० लाख |
|
२७ |
परम्परागत धार्मिक संस्कृति संरक्षण (कोट मौला मन्दिर पुजा समेत) |
गापा |
३ लाख ५० हजार |
|
२८ |
मठमन्दिर कुवा चौतारी पोखरी पौवा धारा संरक्षण कार्यक्रम |
गापा |
१० लाख |
|
२९ |
गुरुङ्ग भाषा तथा होटल म्यानेजमेन्ट शिक्षक तलब |
वडा नं १ |
११ लाख ३८ हजार |
|
३० |
लोक सेवा आयोग तथा शिक्षक सेवा आयोग कक्षा संचालन साझेदारी |
गापा |
५० हजार |
|
३१ |
TVET साझेदारी कार्यक्रम |
गापा |
५० लाख |
|
३२ |
स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन |
वडा नं ९ |
१९ लाख |
|
३३ |
कला साहित्य संस्कार तथा सस्कृती प्रवर्द्धन (गाउँपालिका प्रज्ञा प्रतिष्ठान समेत) |
गापा |
१० लाख |
|
|
जम्मा |
|
५ करोड १४ लाख ५३हजार |
समपुरक कोष
|
१ |
विरेठाटी मोहरिया फुलिवाङ्ग चाने सडक (संघ) |
वडा नं ८ |
७० लाख |
|
२ |
काँडे-भदौरे-सल्यान-पुरानागाँउ ग्रामिण सडक स्तरोन्नति योजना अन्नपूर्ण ४,५ (प्रदेश) |
वडा नं ४,५ |
६० लाख |
|
३ |
स्वीकृत गुरुयोजनाका आधारमा साझेदारीमा विद्यालय पुर्वाधार विकास |
गापा |
३० लाख |
|
४ |
लागतमा साझेदारी कार्यक्रम (जिल्ला समन्वय समिति समेत) |
गापा |
५० लाख |
|
|
जम्मा |
|
२ करोड १० लाख |
अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरुको लागि स्थानिय संचित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
प्रस्तावना: अन्नपूर्ण गाउपालिकाको आर्थिक वर्ष २०८३।८४ को सेवा र कार्यहरुको लागि संचितकोष केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वान्छनिय भएकोले नेपालको संविधानको धारा २२९ को उपधारा २ बमोजिम अन्नपूर्ण गाउँसभाले यो ऐनको विधेयक पेश गरेको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम ” अन्नपूर्ण गाउपालिकाको विनियोजन ऐन¸२०८३” रहेको छ ।
(२) यो ऐन २०८३ श्रावण १ देखि प्रारम्भ हुनेछ।
२. आर्थिक वर्ष २०८३।०८४ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार (१) आर्थिक वर्ष २०८३।०८४ को निमित्त गाउँकार्यपालिका वडा समिति¸ विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखीत चालु खर्च¸ पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ६५,५०,००,०००। (पैसठ्ठी करोड पचास लाख मात्र । ) मा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्च गर्न सकिने छ ।
३. विनियोजन
(१) यस ऐन द्वारा संचितकोषबाट खर्च गर्ने अधिकार दिएको रकम आर्थिक वर्ष २०८३।८४ निमित्त अन्नपूर्ण गाउपालिकाको गाउकार्यपालिका¸ वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिऐको भयता पनि कार्यपालिका¸ वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिन आऐमा गाउ कार्यपालिकाको बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकासा र खर्च जनाउन सकिने छ । पूँजिगत खर्च र वित्तिय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तिय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिऐको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्विकृत रकमको १५ प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्विकृति लिनुपर्नेछ ।
अनुसुचि १
(दफा २ सँग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम संचितकोषबाट विनियोजन हुने रकम
|
क्र स |
अनुदान संख्या |
शीर्षकको नाम |
चालु खर्च |
पूजिगत खर्च |
वित्तिय व्यवस्था |
जम्मा |
|
१ |
|
गाउँकार्यपालिका |
१०करोड १०लाख |
५० लाख |
|
१० करोड ६०लाख |
|
२ |
|
वडा समिति |
० |
३ करोड |
|
३करोड |
|
३ |
|
विषयगत शाखा |
|
|
|
|
|
|
|
वातावरण तथा विपद व्यवस्थापन कोष |
१२लाख |
७०लाख |
|
८२लाख |
|
|
|
सुशासन तथा संस्थागत विकास |
७३लाख |
२ लाख |
|
७५लाख |
|
|
|
आर्थिक विकास समिति |
१ करोड ७४लाख |
३१ लाख |
|
२करोड ०५लाख |
|
|
|
सामाजिक विकास समिति |
३५करोड ३६लाख ५३हजार |
८५ लाख |
|
३६करोड २१लाख ५३हजार |
|
|
|
पूर्वाधार विकास समिति |
|
१२करोड ०६ लाख ४७हजार |
|
१२करोड ०६लाख ४७हजार |
|
४ |
|
ऋणको सावा व्याज भुक्तानी |
|
|
|
|
|
५ |
|
लगानी (शेयर/ऋण) |
|
|
|
|
|
|
|
कुल जम्मा |
४८करोड ०५लाख ५३हजार |
१७करोड ४४लाख ४७हजार |
० |
६५करोड ५० लाख |
श्रद्धेय गाउँसभाका अध्यक्ष महोदय तथा यस सभाका सदस्यज्यूहरु,
अन्त्यमा, प्रस्तुत बजेट तर्जुमाको सिलसिलामा हरवखत अमूल्य सुझाव दिई सहयोग गर्नुहुने श्रद्धेय गाउँपालिकाका अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरु तथा निर्वाचित पदाधिकारीज्यूहरु, गाउँपालिकामा क्रियाशिल राजनैतिक दलका पदाधिकारी ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत एवम् राष्ट्रसेवक कर्मचारीहरु लगायत सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद दिन चाहन्छु । बजेट तर्जुमाका विभिन्न चरणहरुमा सहभागी भई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्ण गाउँपालिका बासीहरु एवम् आम नागरिकहरुमा धन्यवाद दिन चाहन्छु । यस गाउँपालिकाले लिएका दीर्घकालिन नीति कार्यक्रम तथा बजेट र आगामी आ.व.को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेमा अन्नपूर्ण गाउँपालिकाको भौतिक पूर्वाधार लागयत आर्थिक, सामाजिक, सांस्कृतिक एवम् मानव विकासका क्षेत्रमा सकारात्क प्रभाव पर्ने देखिएकोले यसको सफल कार्यान्वयनका लागि सम्वद्ध सबै पक्षहरुबाट सदाझै निरन्तर सहयोगको आवह्वान गर्दै प्रस्तुत बजेटको दफावार छलफलमा यस सभाबाट प्राप्त थप रचनात्मक सुझावहरुको अपेक्षा सहित, हार्दिक कृतज्ञता प्रकट गर्दै, पुनः सबैमा धन्यवाद सहित विदा हुन्छु ।
नमस्कार, जय अन्नपूर्ण ।
चन्द्रकला अधिकारी
उपाध्यक्ष एवम् अन्नपूर्ण गाउँपालिका
बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक
१०, असार २०८३

















